बाराको ४ वटै निर्वाचन क्षेत्रमा नमुना मतदान कार्यक्रम सञ्चालन

आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई प्रभावकारी बनाउन जिल्ला निर्वाचन कार्यालय बाराले जिल्लाको ४ वटै निर्वाचन क्षेत्रमा नमुना मतदान कार्यक्रम सञ्चालन गरेको छ ।निर्वाचन कार्यालयले आज आइतबार बारा निर्वाचन क्षेत्र नं ३ को कलैयामा नमुना मतदान कार्यक्रम सञ्चालन गर्दैछ भने शनिबार ४ नं क्षेत्रको लागि नेरा मावि सिमरा, शुक्रवार बारा–२ को लागि महागढी नगरपालिका स्थित नमुना मावि र क्षेत्र नं १ को लागि कोहल्वीमा नमुना  मतदान कार्यक्रम सम्पन्न गरिसकेको छ । 

सम्बन्धित सामग्री

स्थानीय तहमा नमुना मतदान

जुम्ला– जुम्लाको एक नगरपालिकासहित सात गाउँपालिका गरी आठवटै स्थानीय तहमा मतदाता शिक्षाका लागि नमुना मतदान कार्यक्रम गरिएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्ष्य गरेर नमुना मतदान कार्यक्रम सञ्चालन गरिएको निर्वाचन कार्यालयका सूचना अधिकारी अविनन्द चौलागाइँले बताए । जिल्लाका आठवटै स्थानीय तहको सबै बडामा मतदातालाई मतदान गर्ने तरिका, बदर मत […]

जुम्लाका आठवटै स्थानीय तहमा नमुना मतदान

काठमाडौँ,२८ कार्तिक । जुम्लाको एक नगरपालिकासहित सात गाउँपालिका गरी आठवटै स्थानीय तहमा मतदाता शिक्षाका लागि नमुना मतदान कार्यक्रम गरिएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्ष्य गरेर नमुना मतदान कार्यक्रम सञ्चालन गरिएको निर्वाचन कार्यालयका सूचना अधिकारी अविनन्द चौलागाईले बताए । जिल्लाका आठवटै स्थानीय तहको सबै बडामा मतदातालाई मतदान गर्ने तरिका, […]

नमुना मतदान : चार सय ७६ मध्ये ९८ मत बदर

जुम्लाका एक नगरपालिका र सात गाउँपालिकामा मतदाता शिक्षाका लागि नमुना मतदान कार्यक्रम सञ्चालन गरिएको छ । आठवटै स्थानीय तहमा खसेको चार सय ७६ मध्ये ९८ मत बदर भएको छ ।  चन्दननाथ नगरपालिकामा खसेको एक...

सुन्दरबजारमा नमुना मतदान, आठ प्रतिशत मत बदर

जिल्ला निर्वाचन कार्यालयले सुन्दरबजार नगरपालिकाको खत्रीठाँटीमा नमुना मतदान सम्पन्न गरेको छ । जिल्लाका आठबटै पालिकामा नमूना मतदान कार्यक्रम सञ्चालन गरिए अनुसार सुन्दरबजार नगरपालिकामा भएको बताइएको छ ।मतदानको क्रममा नगरपालिकाको वडा नं. ६ खत्रीठाँटीस्थित शान्ति निकेतन प्राथमिक विद्यालयको छेउछाउमा प्रहरीहरु राखिएका थिए । म्यादी प्रहरीहरुले सुरक्षाको व्यवस्था मिलाएका थिए । मतदान प्रक्रिया जसरी सञ्चालन हुन्छ, सोहीअनुसारका सबै प्रक्रिया पूरा गरी नमुना गरिएको थियो। बीचभागमा मतपत्र खसाल्नको लागि बाकस थियो

सुन्दरबजारमा नमुना मतदान सम्पन्न

लमजुङ– जिल्ला निर्वाचन कार्यालयले सुन्दरबजार नगरपालिकाको खत्रीठाँटीमा नमूना मतदान सम्पन्न गरेको छ । जिल्लाका आठबटै पालिकामा नमूना मतदान कार्यक्रम सञ्चालन गरिए अनुसार सुन्दरबजार नगरपालिकामा भएको बताइएको छ । मतदानको क्रममा नगरपालिकाको वडा नं.६ खत्रीठाँटीस्थित शान्ति निकेतन प्राथमिक विद्यालयको छेउछाउमा प्रहरीहरू राखिएका थिए । म्यादी प्रहरीहरूले सुरक्षाको व्यवस्था मिलाएका थिए । मतदान प्रक्रिया जसरी सञ्चालन हुन्छ, […]

ललितपुरमा नमुना मतदान

जिल्ला निर्वाचन कार्यालय ललितपुरले पुल्चोकमा गरेको नमूना मतदान कार्यक्रम सम्पन्न भएको छ । ललितपुर महानगरपालिका वडा नं. ३ मदनस्मारक माविमा भएको नमूना मतदानमा ४८ पुरुष र ७४ महिला गरी १२२ जना सहभागीले मतदान गरेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख  गोमा धमला घिमिरेले जानकारी दिइन् । प्रमुख धमलाले मतदान गर्ने तरिकाबारे जानकारी दिन नमूना मतदान कार्यक्रम सञ्चालन गरिएको बताइन् । ललितपुरका ६ वटै स्थानीय तहमा नमूना मतदान कार्यक्रम गर्ने प्रमुख धमलाले जानकारी गराइन् । आगामी मङ्सिर ४ गते हुने प्रद