जिल्ला निर्वाचन कार्यालयले सुन्दरबजार नगरपालिकाको खत्रीठाँटीमा नमुना मतदान सम्पन्न गरेको छ । जिल्लाका आठबटै पालिकामा नमूना मतदान कार्यक्रम सञ्चालन गरिए अनुसार सुन्दरबजार नगरपालिकामा भएको बताइएको छ ।मतदानको क्रममा नगरपालिकाको वडा नं. ६ खत्रीठाँटीस्थित शान्ति निकेतन प्राथमिक विद्यालयको छेउछाउमा प्रहरीहरु राखिएका थिए । म्यादी प्रहरीहरुले सुरक्षाको व्यवस्था मिलाएका थिए । मतदान प्रक्रिया जसरी सञ्चालन हुन्छ, सोहीअनुसारका सबै प्रक्रिया पूरा गरी नमुना गरिएको थियो। बीचभागमा मतपत्र खसाल्नको लागि बाकस थियो