काठमाडौं । जेठ ३० गतेदेखि मुक्तिनाथ विकास बैंक लिमिटेड र महालक्ष्मी विकास बैंकको कुल १० लाख ६६ हजार ४४७ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । महालक्ष्मी विकास बैंकको ९ लाख ४७ हजार ३९२ कित्ता र मुक्तिनाथ विकास बैंकको १ लाख १९ हजार ५५ कित्ता संस्थापक शेयर विक्रीमा आएको हो । विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा आएको हो ।
मुक्तिनाथ विकास बैंकको शेयरको मूल्य प्रतिकित्ता रू. १९० तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । मुक्तिनाथ विकास बैंकको शेयर खरीदका लागि न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
महालक्ष्मी विकास बैंकले भने शेयरको मूल्य तोकेको छैन् । महालक्ष्मी विकास बैंकको शेयर खरीदका लागि इच्छुक शेयरधनीहरूले आगामी ३५ दिनभित्र महालक्ष्मी विकास बैंकको केन्द्रिय कार्यालय दरबारमार्ग, काठमाडौंमा र मुक्तिनाथ विकास बैंकको शेयर खरीदका लागि विक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड नक्साल, काठमाडौं आवेदन पेश गर्नुपर्नेछ । महालक्ष्मी विकास बैंकले विद्यमान संस्थापकबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा उक्त शेयर विक्री गरिने जानकारी दिएको छ ।