बैंकक । थाइल्यान्डको संवैधानिक अदालतले प्रधानमन्त्री प्रायुथ चान–ओचालाई निलम्बन गरिदिएको छ । बुधबार पाँचजना न्यायाधीशको इजलासमा भएको निर्णयमा चारजना न्यायाधीश प्रधानमन्त्री प्रायुथलाई तत्काल निलम्बन गर्ने पक्षमा उभिएपछि उनी निलम्बित भएका हुन् ।
तर अदालतबाट अन्तिम फैसला आउन बाँकी छ । अदालतले अन्तिम फैसलाको मिति पनि तोकेको छैन ।
आजैदेखि लागु हुनगरी अन्तिम फैसला नआउन्जेलसम्मका लागि उनलाई निलम्बन गरिएको...