काठमाण्डाै – सोमालियाका राष्ट्रपति मोहम्मद फर्माजोले आज सोमवार प्रधानमन्त्री मोहम्मद रोबेललाई भ्रष्टाचारको आरोपमा निलम्बन गरेको बताउनुभएको छ ।
फर्माजोले विज्ञप्ति जारी गर्दै रोबेललाई भ्रष्टाचार र सार्वजनिक जग्गाको दुरुपयोगमा संलग्न भएको आरोप लगाउँदै चुनावी प्रक्रियालाई सफल निष्कर्षमा पुर्याउन समेत विफल भएको आरोप लगाउनुभएको छ।
उहाँका अनुसार प्रधानमन्त्रीको काम र अधिकार छानबिनका लागि निलम्बन गरिएको हो ।
योसँगै उपप्रधानमन्त्री महदी मोहम्मद गुलेद कार्यवाहक प्रधानमन्त्री हुनुहुनेछ र रोबेलमाथिको अनुसन्धानको निष्कर्ष नआ...