राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नियुक्त भएको ठीक दुई वर्षमा निलम्बित भएका छन् । २०७६ चैत २४ गते केपी ओली नेतृत्वको सरकारले अधिकारीलाई गभर्नर नियुक्त गरेको थियो । डा.चिरञ्जीवी नेपालको पाँच वर्षे कार्यकाल पूरा गरेर विदा भएसँगै रिक्त रहेको पदमा तत्कालिन ओली नेतृत्वको मन्त्रिपरिषद्ले अधिकारीलाई गभर्नरमा नियुक्ति गर्ने निर्णय गरेको थियो ।२४ गतेको मन्त्रिपरिषद्को निर्णयसँगै अधिकारीले चैत २५ गते पदभार ग्रहण गरेका थिए । त्यसैको ठीक दुई वर्षपछि प्रधानमन्त्री शेरबहादुर देउवा