नेपाली काँग्रेसले निर्वाचन सुरक्षा निकाय समन्वय उपसमितिमा २४ सदस्य थप गरेको छ । काँग्रेसले वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पार्टीका केन्द्रीय सदस्य रामहरि खतिवडाको संयोजकत्वमा रहेको निर्वाचन सुरक्षा निकाय समन्वय उपसमितिमा आज २४ सदस्य थप गरेको हो ।उक्त समितिमा रवीन्द्रलाल श्रेष्ठ काठमाडौँ, वामनप्रसाद न्यौपाने भक्तपुर, मोदराज डोटेल मोरङ, हेम गुरुङ कास्की, गणेश केसी ललितपुर, टेकराज पौडेल बागलुङ, दिनेश अमात्य धनकुटा, रमेश भुजेल झापा, विक्रमसिंह थापा कपिलवस्तु, फरिदा खातुन