गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

२६ वैशाख, काठमाडौं । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएपछि गण्डकी प्रदेश प्रमुख सीता पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् । आइतबार मुख्यमन्त्री गुरुङले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले नेपालको संविधानको धारा १६८ को २ अनुसार ३ दिनभित्र नयाँ सरकार गठनका लागि प्रदेशसभाका दलहरुलाई आह्वान गरेकी हुन् । गण्डकी प्रदेशमा कुनै दलको […]

सम्बन्धित सामग्री

गण्डकी प्रदेशको सरकार गठन विवाद सर्वोच्चमा

गण्डकी प्रदेश सरकार गठनको प्रक्रिया असंवैधानिक भएको भन्दै सर्वोच्चमा रिट दायर भएको छ । निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेका तर्फबाट सम्झना केसीको वारेसमा रिट दर्ता भएको हो । रिटको प्रारम्भिक सुनुवाइ २८ चैत (बुधबार) का लागि तोकिएको छ । रिटमा सभामुखसमेतलाई गणना गरी सरकार गठनको प्रक्रिया अघि बढाइएकाले बदरको माग गरिएको छ । सभामुखको गैरसंवैधानिक कदमका कारण संविधानको धारा १६८(३) अनुसार आफू मुख्यमन्त्री नियुक्त हुन पाउने वैध अपेक्षा पूरा नभएको रिटमा जिकिर गरिएको छ । केन्द्रमा सत्ता गठबन्धन परिवर्तन भएपछि सरकारमा सहभागी दलको समर्थन फिर्तासँगै मुख्यमन्त्री पाण्डे अल्पमतमा पर्नुभएको थियो । लगत्तै चैत २१ गते उहाँले राजीनामा दिनुभएको थियो । यस्तै सरकार गठनका लागि प्रदेश प्रमुखले चैत २७ गतेसम्मको समय दिएर आह्वान गर्नुभएको थियो । धारा १६८(२) अनुसार सरकार गठनका लागि आह्वान भएको थियो ।

गण्डकी प्रदेशमा सरकार गठनका लागि आह्वान

पोखरा । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पाँच दिनको समय दिएर प्रदेश सरकार गठनका लागि आह्वान गरेका छन् । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सरकार गठन गर्न प्रमुख गुरुङले आह्वान गरेका हुन् ।  कुनै पनि दलले बहुमत नपाएका कारण धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री दाबी गर्न पुस २५ गते सोमबार दिउँसो ४ बजेको  समय प्रदेश प्रमुख गुरुङले दिएका छन् ।  ‘निर्वाचन ऐन २०७४ को दफा ६२ बमोजिम निर्वाचन आयोगको मिति २०७९-८-२९ को निर्णयअनुसार पुस २ गते  पेश हुन आएकाले गण्डकी प्रदेशका मुख्यमन्त्री नियुक्ति गर्नका लागि नेपालीको संविधान २०७२ को धारा १६८ को उपधार...

गण्डकीमा नयाँ सरकार गठन गर्न प्रदेश प्रमुखद्धारा आह्वान, भोलि ३ बजेसम्म समय

गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले गण्डकीमा नयाँ सरकार गठन गर्न आह्वान गरेकी छिन्।

गण्डकीमा नयाँ सरकार गठन आह्वान : शनिवार ३ बजेसम्म समय

काठमाडौँ । गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ ।  गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनका लागी आह्वान गरेकी हुन् ।  नयाँ सरकार दाबी गर्न शनिवार तीन बजेसम्मको समय दलहरूलाई उपलब्ध गराइएको छ ।

गण्डकी प्रदेश : २४ घण्टाभित्र नयाँ सरकार गठनका लागि आह्वान

गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) बमोजिमको सरकार गठनको लागि आह्वान गरेकी छन् । मुख्यमन्त्रीले बिहीबार प्रदेशसभामा विश्वासको मत नपाएपछि शुक्रबार  पौडेलले २४ घण्टाभित्र नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन् ।प्रदेश प्रमुखको कार्यालयबाट जारी भएको विज्ञप्तीमा शनिबार दिउँसो ३ बजेसम्मको लागि सरकार गठन गर्ने समयसीमा तोकिएको छ ।  नयाँ सरकारको दाबी गर्ने विपक्षी गठबन्धनको तयारी छ । उनीहरुले आज नै आवश्यक ३१ सांसद सशरीर उपस्थित भई सरकारमा आफ्नो ब

गण्डकीमा तीन दिनभित्र सरकार गठन गर्न आह्वान

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएसँगै गण्डकी प्रदेश प्रमुख सीता पौडेलले त्यसलाई स्वीकृत गरेकी छन् । मुख्यमन्त्री गुरुङले प्रदेश प्रमुख पौडेल समक्ष आइतबार राजीनामा पेश गरेसँगै उनले स्वीकृत गर्दै तीन दिनभित्र नयाँ सरकार गठनको लागि आह्वान समेत गरेकी छन्नेकपा एमाले नेतृत्वमा मुख्यमन्त्री बनेका गुरुङको सरकार विरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी […]

गण्डकी प्रदेश प्रमुखद्धारा तीन दिनभित्र सरकार बनाउन आह्वान

पोखरा। गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले तीन दिनभित्र सरकार गठनका लागि आह्वान गरेकी छिन्। संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि प्रदेश प्रमुखको कार्यालयले सूचना प्रकाशित गरी आह्वान गरेको हो। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आजै पदबाट राजिनामा दिएका थिए। अर्को सरकार गठन नभएसम्म गुरुङ नेतृत्वको सरकारले काम चलाउ सरकारको रुपमा काम गर्नेछ।

सरकार गठनका लागि आह्वान

गण्डकी प्रदेश सरकारका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले तीन दिनभित्र नयाँ सरकार गठनको दाबी गर्न आह्वान गर्नुभएको छ। प्रदेश प्रमुख गुरुङले सरकार ढलेको पाँच दिनपछि मङ्गलबार सरकार गठनको दाबी पेस गर्न आह्वान गर्नुभएको हो। संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर वैशाख १४ गते बिहीबार ४ बजेभित्र सरकार गठन गर्नका लागि आह्वान गर्नुभएको छ। शनिबार मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत नपाएपछि उहाँको नेतृत्वको सरकार ढलेको थियो। ६० सदस्यीय प्रदेश सभामा सरकार बनाउन ३१ जना भए बहुमत पुग्छ। प्रदेश सभामा नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका सात, एमालेका २२, एकीकृत समाजवादीको एक, राप्रपाका दुई सांसद रहेका छन्।