पोखरा । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पाँच दिनको समय दिएर प्रदेश सरकार गठनका लागि आह्वान गरेका छन् । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सरकार गठन गर्न प्रमुख गुरुङले आह्वान गरेका हुन् ।
कुनै पनि दलले बहुमत नपाएका कारण धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री दाबी गर्न पुस २५ गते सोमबार दिउँसो ४ बजेको समय प्रदेश प्रमुख गुरुङले दिएका छन् ।
‘निर्वाचन ऐन २०७४ को दफा ६२ बमोजिम निर्वाचन आयोगको मिति २०७९-८-२९ को निर्णयअनुसार पुस २ गते पेश हुन आएकाले गण्डकी प्रदेशका मुख्यमन्त्री नियुक्ति गर्नका लागि नेपालीको संविधान २०७२ को धारा १६८ को उपधार...