पास नभए चिनियाँ स्वार्थ कारक ठान्छौंः अमेरिका

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसिस) नेपाल कम्प्याक्ट कार्यान्वयनका लागि फागुन १६ सम्मको म्याद दिएको अमेरिकाले उक्त सम्झौता अनुमोदन नभए त्यसमा चिनियाँ भूमिकाले काम गरेको ठहर गर्ने जनाएको छ। दक्षिण एसिया तथा मध्यएसिया मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतका नेतासँगको […]

सम्बन्धित सामग्री

अमेरिका-भारत स्वार्थ-सम्बन्ध

आफूले सोचे जस्तो नबस्ने अवस्थामा कुनै पनि बेला अमेरिका भारतप्रति तिक्त बन्न सक्छ। यस्तो अवस्थामा त्यसबाट चुकाउनुपर्ने मूल्य भारत र भारतीय जनताको साथै दक्षिण एसियाली देशका निम्तिसमेत महँगो हुनेछ।...

अमेरिकाले चीनलाई नेपालबाट घेर्न लागेको हो ?

ऐतिहासिक आधार नभएका ठूला झुटा भाष्य बोकेर हामी आफैंलाई अनावश्यक महत्व नदिऊँ। बरु हाम्रो कमजोरीहरू स्वीकारेर हामी कसरी धनी र सबल हुने र त्यसका लागि अमेरिका र चीनसित कस्तो सम्बन्ध राख्ने, उनीहरूबाट के यथार्थ आधारित आशा राख्ने वा नराख्ने भनेर सोच्ने कि?

रियाद र बेइजिङसँग कूटनीतिक सम्बन्ध सुधार्ने प्रयासमा अमेरिका

अमेरिकाले चार विषयलाई आफ्नो कूटनीतिको मुख्य आधार मान्छ– सुरक्षा, समृद्धि, लोकतन्त्र र विकास । चीन र साउदी अरब दुवै लोकतन्त्र मान्दैनन् । त्यहाँ विकासको कुनै कमी पनि छैन । चीनबाट अमेरिकालाई सुरक्षा चुनौती छ । साउदी अरबबाट सस्तो तेल आपूर्ति गरेर भण्डारण गर्दै महँगोमा बेचेर समृद्धिमा थप टेवा पु¥याउने अमेरिकी स्वार्थ छ । चीन र […]

चुनावमा विदेशी चलखेल भयोः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ हालै सम्पन्न निर्वाचनमा विदेशी चलखेल भएको दाबी गरेका छन् । उनले नेपालको भूराजनीतिकमा अमेरिका र चीनको स्वार्थ रहेको समेत बताए । आइतबार प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारी बैठकलाई सम्बोधन गर्दै प्रचण्डले चुनावमा कसलाई हराउने, कसलाई जिताउनेसम्मको चलखेल भएको दाबी गरे । विदेशी चलखेल बढेको सन्दर्भमा पार्टी सचेततापूर्वक अगाडि बढ्नुपर्ने उनको भनाइ थियो । प्रचण्डले पछिल्लो समय माओवादीको परिचय हराउँदै गएको भन्दै चिन्ता सम

नेपालमा चिनियाँ भ्रम : कम्युनिस्ट एकता र निस्तेज अमेरिका

काठमाडौँ आज नेपालमा चिनियाँ स्वार्थ कम्युनिस्ट शक्तिहरूबीच एकता गराउन भूमिका खेलेर शक्तिको केन्द्र निर्माण गर्ने र प्रजातान्त्रिक शक्तिहरू विशेषत अमेरिकाको भूमिका न्यून बनाउने देखिन्छ । न्यान्सी पेलोसीको ताइवान भ्रमणको केही महिना पहिले नेपालमा चीनले अमेरिकाको तीव्र प्रतिवाद गरोस् । चीनले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)र राज्य साझेदारी कार्यक्रम (एसपीपी)को खुला निन्दा गर्यो। चिनियाँ परराष्ट्र  […]

एसपीपीबारे संसदमा एकै स्वर : शक्ति राष्ट्रको सामरिक स्वार्थ स्वीकारिँदैन

१ असार, काठमाडौं । अमेरिकी सैन्य रणनीति अन्तर्गत रहेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा हस्ताक्षर हुन लागेको चर्चामाथि प्रतिनिधिसभामा विरोध भएको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले एसपीपीको विषयमा सरकारको आधिकारिक धारणा माग गर्दै त्यसमा समर्थन नगर्न सुझावसमेत दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न अमेरिका भ्रमणमा एसपीपीमा हस्ताक्षर गर्न लागेको र त्यसको लागि अमेरिकाले […]

डेटा ट्र्याप, डेट ट्र्याप र डेमोक्रेसी ट्र्याप !

विश्वमा शीतयुद्धको दोस्रो संस्करण शुरू भइसकेको भाष्य स्थापना गरिँदै गर्दा विरोधी पक्षहरूले एकअर्काका विरुद्ध बयान जारी गर्न थालेका छन् । अहिलेको शीतयुद्धमा अमेरिका नेतृत्वको पश्चिम एकातिर र चीन तथा रुस नेतृत्वको पक्ष अर्कातिर छ ।  यही संघर्षका बीच हालैका दिनमा दुई पक्षका बेग्लाबेग्लै व्यक्तिले दिएको बयान रोचक देखिएको छ । दुवै पक्षले ‘जाल’ वा ‘पासो’ का विषयमा संसारलाई सचेत गराउन खोजेका छन् ।  भारतबाट प्रकाशित हुने द प्रिन्ट नामक अन्लाइन पत्रिकाका सम्पादक शेखर गुप्ताले यी दुई जालका विषयम...

नेपाल मामलामा अमेरिका, चीन र भारतबीच त्रीपक्षीय शक्ति संघर्ष

समाचार विश्लेषण । दक्षिण एशियाको राजनीतिमा अमेरिका र चीन आक्रामक रुपमा अगाडि बढ्न थालेका छन् । अमेरिकाले इन्डो प्यासिफिक रणनीति र चीनले ब्रिक एन्ड रोड इनिसिएटिम (बीआरआई)मार्फत् प्रभाव बढाउन अरबौं डलर खर्चिइरहेका छन् । यी रणनीतिहरुमा आर्थिक मात्र नभई सामरिक स्वार्थ लुकेको छ । नेपाल इन्डो प्यासिफिकको महत्वपूर्ण साझेदार बन्न सक्ने अमेरिकी धारणा सार्वजनिक भएकै […]

नेपालमा अमेरिकी र चिनियाँ स्वार्थ बाझिएका कारण अहिलेको संकट : श्याम शरण

भारतका पूर्व विदेश सचिव एवम् नेपालका लागि पूर्व राजदूत श्याम शरणले नेपालमा अमेरिकी र चिनियाँ प्रतिष्पर्धाका कारण अहिलेको संकट उत्पन्न भएको दाबी गरेका छन् । अमेरिका र चिनियाँ प्रतिष्पर्धामा भारत सिमान्त बनेको पनि उनको भनाई छ । पूर्व राजदूत शरणले दि ट्रिबुनमा एउटा लेख लेख्दै प्रधानमन्त्री ओली अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीको पक्षमा रहेको र प्रचण्डलगायत नेताहरु त्यसको विपक्षमा रहेका कारण संसद विघटन गरिएको र नेकपा फुटेको बताएका छन् । उनले लेखेका छन्, ‘यो संकटमा अमेरिकाको भूमिका हुन सक्छ किनकि उसको महत्वाकांक्षी पाँच सय मिलियन डलरको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को पहल प्रचण्ड र एनसीपीका अन्य नेताहरूले विरोध गरिरहेका थिए यद्यपि ओलीले उनको स्वीकृति दिएका थिए । भनिन्छ कि यसको विपक्षीहरूले चीनको तर्फबाट काम गरिरहेका थिए । त्यो अवस्थामा, भारत एक साइड शो हुने खतरामा छ जुन नेपालमा अमेरिका–चीन पावर प्लेको रूपमा देखा पर्न सक्छ ।’ उनले नेपालमा अमेरिका वा बेलायत जुनसुकै देशसँग काम गरेपनि भारतले नेतृत्व गरिरहेको बताएका छन् । शररण अगाडि लेख्छन्, ‘यदि भारतले चीनले अमेरिकी एजेन्डाका अनुसार काम गरिरहेको छ भन्ने बुझ्यो भने भारतसँगको यसको दुस्मनी बढ्दो हुनेछ । यदि नेतृत्व लिने अमेरिका नै हो भने नेपालमा भारतीय र अमेरिकी हितको संयोजन हुँदैन । विगतमा हामीले अमेरिका र बेलायतका साथ नेपालमा साझेदारका रूपमा काम गरेका छौं तर भारतको नेतृत्वमा । नेपालमा भारतीय प्रभाव कायम राख्नको सट्टा हामी सीमान्तकृत हुनेछौं ।’ श्याम शरणले नेपालमा बढ्दो चिनियाँ प्रभाव रोक्न भारतले भूमिका खेल्ने पनि बताएका छन् । ‘भारतले नेपालमा चीनको चुनौती सामना गर्नुपर्दछ’ उनले लेखेका छन्, ‘नेपालको आर्थिक र सामाजिक विकासको लागि भारतलाई छनौटको साझेदारको रूपमा राखेर भारतले आफ्नो पर्याप्त उपस्थिति कायम राख्न सक्छ । ठूलो शक्ति मुठभेडमा फस्ने नेपाल भारतको हितमा छैन ।’ श्याम शरणले भारतले नेपालमा हिन्दु राज्य र राजतन्त्रको पुर्स्थापनाको पहल गरिरहरको पनि खुलासा गरेका छन् । नेकपाको हालै भएको विभाजन रोक्न चिनियाँ पक्षको दौडधुप चलिरहेको पनि शरणको दाबी छ । उहले चिनियाँ ...