सोलुखुम्बु - सोलुखुम्बुमा एक महिला र एक दलित समुदायका प्रतिनिधि पालिका प्रमुखको उम्मेदवार बनेका छन् ।
जिल्लाको ८ पालिकामध्ये लिखुपिके गाउँपालिकामा नेपाली कांग्रेसले मिना कार्कीलाई अध्यक्षको उम्मेदवार बनाएको छ भने नेकपा एकीकृत समाजवादी पार्टीले सालुदूधकुण्ड नगरपालिकाको प्रमुखमा ल्हाक्पा छिरिङ विश्वकर्मालाई उम्मेदवार बनाएकाे छ ।
पालिका प्रमुखको ८ पदमा विभिन्न राजनीतिक दल र एक स्वतन्त्र गरी २९ जनाको उम्मेदवारी परेकोमा एक कांग्रेस र जसपाले मात्रै महिला र दलितलाई कार्यकारी पदमा उम्मेदवार बनाएका...