दुई दिनभित्र भाडा समायोजन नभए पेट्रोलियम ढुवानी ठप्प बनाउने महासंघको चेतावनी

काठमाडौं : पेट्रोलियम ढुवानी व्यवसायी महासंघले ढुवानी भाडा वृद्धिको माग गर्दै फेरि आन्दोलन गर्ने चेतावनी दिएको छ।महासंघको आजको बैठकले तत्काल भाडा वृद्धि नभए २५ भदौबाट पेट्रोलियम ढुवानी रोक्नेसहितको आन्दोलन घोषणा गरेको हो। महासंघले बुधबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पत्र बुझाउँदै भाडा समायोजनको लागि भदौ २४ गतेसम्मको अल्टिमेटम दिएको छ।मन्त्रालयमा बुझाएको माग पत्रमा २४ गतेदेखि भारतबाट ल्याउने पेट्रोलियम पदार्थको पिओडी नलिने, भदौ २५ गतेबाट सबै नाकाबाट भारततर्फ लोडिङ गर्न नजाने र असोज १ गत

सम्बन्धित सामग्री

आयल निगमद्वारा पेट्रोलियम ढुवानी भाडा वृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम ढुवानी गर्ने ट्यांकरको भाडा वृद्धि गरेको छ । यो निर्णयले आयल निगमलाई वार्षिक ८० करोड भार थपिने भएको छ । शुक्रबारदेखि लागू हुने गरि इन्धन ढुवानी गर्ने करिब १९ सय ट्यांकरको भाडा वृद्धि गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो । दुई वर्षअघि निगमले गरेको भाडा समायोजन सम्बन्धी अध्ययनमा […]

ढुवानी व्यवसायीलाई निगमले भन्यो- ‘बन्द, हड्तालका कार्यक्रम फिर्ता लेऊ’

बन्द, हडतालको कानुन सम्झाउँदै नेपाल आयल निगमले पेट्रोलियम ढुवानी व्यवसायी महासंघलाई आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरेको छ । ढुवानी भाडा समायोजन लगायतका विषयमा माग राख्दै इन्धन आयात गर्न पीडीओ नलिई व्यवसायीलाई अवरोधका कार्यक्रमहरु तत्काल फिर्ता लिन आग्रह गरेको हो ।

भाडा बढाउन माग गर्दै पेट्रोलियम ढुवानी व्यवसायी आन्दोलित

१५ साउन, काठमाडौं । ढुवानी भाडा बृद्धिको माग पुरा नभएको भन्दै पेट्रोलियम ढुवानी व्यवसायी आन्दोलित भएका छन् । बढेको पेट्रोलियम पदार्थको मूल्यअनुसार ढुवानी भाडा समायोजन नगरिंदा आफूहरुलाई नोक्सान भएको भन्दै व्यवसायीहरुले भाडा वृद्धि नभए पेट्रोलियम ढुवानी रोक्ने चेतावनी दिएका छन् । महासंघका अध्यक्ष खगेश्वर बोहोराद्वारा शुक्रबार जारी विज्ञप्तिमा ढुवानी भाडा समायोजनको माग पुरा गर्न निगमलाई […]

पेट्रोलियम व्यवसायीको आन्दोलन फिर्ता

चैत १९, काठमाडौं । पेट्रोलियम व्यवसायीले आन्दोलन फिर्ता लिएका छन् । शनिवार आयल निगम र पेट्रोलेमिय व्यवसायीबीच भएको छलफलपछि आन्दोलन फिर्ता लिएका हुन् । नेपाल एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेले निगमसँग छलफल भएर एक किसिमको सहमति बनेपछि आन्दोलन फिर्ता लिने निर्णय गरिएको जानकारी दिए । छलफलपछि निगमका प्रवक्ता विनितमणि उपाध्याय र राष्ट्रिय पेट्रोलियम संस्थागत समितिका प्रवक्ता ज्ञानेश्वर अर्यालले पनि विज्ञप्ति जारी गर्दै सहमति भएकाे जानकारी गराएका छन् । छलफलपछि निगम र व्यवसायीले  संयुक्त रुपमा जारी गरेको विज्ञप्ति: संयुक्त प्रेस विज्ञप्ति मितिः २०७८/१२/१९ १) आज मिति २०७८/१२/१९ गते शनिवार निगमको केन्द्रीय कार्यालय, टेकुमा राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले मिति २०७८/११/२३ मा निगम समक्ष पेस गरेको मागहरूका सम्बन्धमा निगम व्यवस्थापन र समन्वय समितिका पदाधिकारीहरू विच भएको वार्ता तथा छलफलमा भएको सहमति बमोजिम पेश गरिएका मागहरू मध्ये बुँदा नं. ५ मा रहेको पेट्रोलियम विक्रेता कमिशन सम्बन्धी र बुँदा नं।.६ को एलपी ग्यासको ढुवानी भाडा समायोजन सम्बन्धी मागको सम्बन्धमा ७ (सात) दिन भित्र उचित निष्कर्ष निकाल्ने तथा अन्य पेट्रोलियम कारोबारसँग सम्बन्धित मागको सम्बन्धमा जेष्ठ १५ (पन्ध्र) सम्ममा सक्नेगरी आवश्यक कार्य गर्ने सहमति भयो । २) आन्दोलनरत नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशन, नेपाल एलपी ग्यास उद्योग संघ र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले सार्वजनिक गरेका सबै विरोधका कार्यक्रमहरू आजैको मितिदेखि स्थगन गरी पेट्रोलियम पदार्थ तथा एल।पी। ग्यासको ढुवानी तथा बिक्री वितरणको कार्यलाई यथावत् रूपमा सञ्चालन गर्ने सहमति भयो । ३) पेट्रोलियम पदार्थका उपभोक्ताहरूलाई सहज र सरल ढङ्गले पेट्रोलियम पदार्थ उपलब्ध गराउन निगमका सम्पूर्ण डिपो कार्यालयहरू भोलि मिति २०७८/१२/२० गते आइतवार बिहान ८ बजेबाट नै सञ्चालन गरिने व्यहोरा जानकारी गराउँदछौं । ४) हाल गर्मीयाम सुरू भई सकेकोले अत्यन्त प्रज्वलनशील पेट्रोलियम पदार्थ आवश्यक परिमाणमा मात्र खरीद गर्नुहुन एवं अनावश्यक सञ्चिति नगरिदिनु हुन समेत आम उपभोक्तावर्गमा अनुरोध गर्दछौं । धन्यवाद ।

पेट्रोलियम ढुवानी नियमित

पेट्रोलियम पदार्थको ढुवानी सुचारु भएको छ । बढेको भाडादर नेपाल आयल निगमले लागू नगरेको भन्दै ढुवानी रोकेका ट्याङ्कर व्यवसायी र निगमबीच सहमति भएपछि ढुवानी सुचारु भएको हो । निगमबाट गठित प्राविधिक टोलीले दिएको प्रतिवेदनका आधारमा मर्मतसम्भार खर्च यकिन गरी भाडा समायोजन गरिने सहमति भएको छ । निगमबाट समायोजन हुन बाँकी राजस्व तथा शुल्क, ट्याङ्करलाई भारत सरकारले लिने सडक दस्तुर, प्रवेश इजाजत शुल्क, नेपाल र भारततर्फ लाग्ने एकीकृत भन्सार जाँच शुल्क, ट्याङ्करको परिणाम मापन शुल्क, विस्फोटक प्रमाणपत्र र चालक÷सहचालकको पारिश्रमिक यकिन गरी समायोजन गरिने भएको छ ।

भाडा समायोजन गर्ने सहमतिसँगै पेट्रोलियम ढुवानी व्यवसायीको आन्दोलन फिर्ता

१० भदौ, काठमाडौं । प्राविधिक प्रतिवेदनको आधारमा पेट्रोलियम पदार्थको ढुवानी भाडा समायोजन गर्न नेपाल आयल निगम र पेट्रोलियम ढुवानी व्यवसायीबीच समझदारी भएको छ । नेपाल आयाल निगम र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघबीच बिहीबार भएको वार्तामा सहमित भएसँगै व्यवसायीहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । लामो समयदेखि ढुवानी भाडा नबढेको भन्दै आन्दोलित व्यवसायीले मंगलबारदेखि देशका […]