राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा नम्बर ६ स्थित बयलवासमा शाखा विस्तार गरेको छ ।
नयाँ शाखा बुधवारबाट सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।
यससँगै बैंकको शाखा कार्यालयहरूको संख्या २ सय ५५ पुगेको छ ।
बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २५५ वटा शाखा कार्यालय, २१६ वटा एटीएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।