काठमाडौँ महानगरपालिकाले ई–स्पेर्ट्सका लागि बजेट छुट्याएको भन्दै आलोचना भइरहेको छ । मेयर बालेन शाहले ई–स्पेर्ट्स प्रवर्द्धन र प्रतियोगिताका लागि एक करोड बजेट छुट्याएका छन् । मेयर शाहले ई–स्पोर्ट्सको नाममा उनलाई सहयोग गर्ने ‘रुटिन अफ नेपाल बन्द’ लाई सो रकम दिन लागेको आरोप छ । त्यसो त शाहले मेयर बन्नु पूर्व नै ई–स्पेर्ट्सको क्षेत्रमा पनि लगानी गर्ने विषयलाई समावेश गरेका थिए । विश्वभरमा नै लोकप्रिय बन्दै आएको ई–स्पेर्ट्सले नेपालमा पनि ठाउँ ओगट्न था