‘रुटिन अफ नेपाल बन्द’लाई बालेनले छुट्टाए महानगरबाट १ करोड !

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)लाई निर्वाचनमा अनलाइन र सामाजिक सञ्जालको प्रयोग गरी सघाउने ‘रुटिन अफ नेपाल बन्द’लाई एक करोड बजेट विनियोजन गरिएको समाचार नेपालका संचारमाध्यमहरुले प्रकाशित गरेका छन् । एबीसी टेलिभिजनका अनुशार नगरपरिषद् बैठकले पारित गरी छपाइका क्रममा रहेको बजेट पुस्तिकाका अनुसार मेयर साहले आफ्नै निजी खर्चले बनाउने भनेको अनिल अधिकारी (यमबुद्ध)को सालिकका लागि […]

सम्बन्धित सामग्री

दुई मिडियाविरूद्ध मेयर बालेनले दिए उजुरी

केही दिनअघि महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० को बजेट तथा कार्यक्रममा १ करोड रुपैयाँ 'रुटिन अफ नेपाल बन्द' नामको फेसबुक पेजलाई फाइदा पुग्नेगरी छुट्याएको समाचार समाचारपत्र र हिमालयन टिभीले प्रकाशन/प्रशारण गरेका थिए।

१ करोड रुपियाँबारे मेयर बालेनको स्पष्टोक्ति

काठमाडौं ।  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले बजेट पुस्तिकामा रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेलको दबाबमा ई–स्पोर्टस सञ्चालन गर्न १ करोड रुपियाँ विनियोजन गरेको विषयले चर्चा पाएको छ । नेपालमा भर्खरै शुरू भएको अनलाइन खेल प्रतियोगिता आयोजना गर्न यतिका धेरै रकम विनियोजन गरेको विषयमा मेयर सचिवालयले कुनै उत्तर दिएको छैन । भिक्टर पौडेल ई–स्पोर्टसअन्तर्गत […]

इस्पोर्टसको १ करोड बजेट विवादबारे बालेनले दिए प्रस्टिकरण

काठमाडौँ – ई–स्पोर्टस्‌का नाममा ‘रुटिन अफ नेपाल बन्द’लाई एक करोड रुपैयाँ बजेट छुट्याएको भन्दै चौतर्फी आलोचना भएपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले प्रष्टीकरण दिएका छन्। उनले बिहीबार सामाजिक सञ्चालमार्फत ई–स्पोर्टस्‌का लागि छुट्याएको रकम कुनै अमुक संस्थाका लागि नभएको दाबी गरेका छन्। अहिले विश्वमा ई–स्पोर्टस्‌ विधाले खर्वौँको आर्थिक योगदान गरिरहेको भन्दै नेपालमा पनि त्यसको व्यवसायिक […]

‘पब्जी’ प्रतियोगीता गराउन रुटिन अफ नेपाल बन्दलाई बालेनले महानगरबाट दिए १ करोड

काठमाडौँ महानगरपालिकाले रुटिन अफ नेपाल बन्दलाई १ करोड रुपैयाँ दिएको छ । महानगरका मेयर बालेन्द्र शाह ‘बालेन’ले निर्वाचनका क्रममा रुटिन अफ नेपाल बन्दले गरेको सहयोगको गुन १ करोड रुपैयाँ दिएर तिरेको अर्थमा यसलाई हेरिएको छ ।  केही दिन अघि मात्रै र्‍यापर यम मुद्धको सालिक बनाउन बजेट विनियोजन गरेर विवादित बनेका बालेनले पुनः रुटिन अफ नेपाल बन्दलाई १ करोड रुपैयाँ दिएको विषय बाहिर आएको हो । रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेललाई फाइदा पुग्ने गरी बालेनले बजेटमा १ करोड रकम विनियोजन गरिदिएका हुन् । पौडेल सञ्चालक रहेको ‘ई–स्पोर्ट’लाई बालेनले १ करोड रकम विनियोजन गरिदिएका हुन् । नेपालमा ‘ई–स्पोर्ट’ सञ्चालन गर्न आधिकारिक कम्पनीको रूपमा पौडेल सहभागी रहेको ‘डिआरएस’ नामक कम्पनी मात्र दर्ता छ । यसले पब्जी, फ्री फायर जस्ता अनलाइन खेलको प्रतियोगीता गराउने बुझिएको छ ।यस विषयमा पौडेलले भने चुनावमा रुटिन अफ नेपाल बन्दले बालेनलाई सहयोग गरेकै कारण बजेट दिईएको भन्ने कुरा गलत भएको उल्लेख गरेका छन् । हिमालयन टेलिभिजनमा पनि यस सम्बन्धि समाचार प्रशारण भएपछि पौडेलले रुटिन अफ नेपाल बन्द र डिआरएस कम्पनीको कुनै सम्बन्ध नरहेको दाबी गरेका छन् । ‘प्रिय हिमालयन टेलिभिजन, म ई–स्पोर्ट टिमको सह–स्थापक हुँ, आयोजक हैन । रुटिन अफ नेपाल बन्द र डिआरएस कम्पनीको कुनै सम्बन्ध छैन । बेइज्जत नै गर्ने भए ‘लजिक’ दिएर गर्नु । आरोप प्रमाणित गर्नुहोस् झुण्डिएर मर्न तयार छु’ उनले लेखेका छन् ।