मेयर साहले रुटिन अफ नेपाल बन्दका सञ्चालकलाई फाइदा हुनेगरी बजेट छुट्याएको भन्दै चौतर्फी आलोचना

काठमाडौँ महानगरले ‘ई-स्पोर्ट’ को नाममा आफूलाई चुनावमा सघाएका चर्चित फेसबुक पेज रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेललाई फाइदा पुग्ने गरी एक करोड बजेट विनियोजन गरेको भन्दै हाल सामाजिक सञ्जालमा मेयर बालेनको आलोचना सुरु भएको छ।...

सम्बन्धित सामग्री

रियाशा र भिक्टरले कसे लगनगाँठो

काठमाडौं । कमेडी सिरियल तथा युट्यूवमा चर्चित कलाकार रियाशा दाहाल र रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेल (रुटिने) विवाह बन्धनमा बाँधिएका छन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले भक्तपुर सूर्यविनायकको एक रिसोर्टमा लगनगाँठो कसेका हुन् । उनीहरूको बिहेमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलगायत पुगेका थिए । भक्तपुरको सूर्यविनायक निवासी रियाशा र गोलढुंगा निवासी […]

रियाशा दाहालले कसिन् लगनगाँठो

काठमाडौं । मोडल तथा कलाकार रियाशा दाहालले बुधबार लगनगाँठो कसेकी छन् । रियाशाले रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेल ‘रुटिने’ सँग विवाह गरेकी हुन् । भिक्टर र रियाशाले लामो समयदेखिको प्रेमलाई विवाहमा परिणत गरेका हुन् । भिक्टर र रियाशाको विवाह समारोह भक्तपुरको सूर्यविनायकस्थित एक रिसोर्टमा चलिरहेको छ। रियाशाले बुधबार नै विवाहको पहिरनमा सजिएको तस्बीर […]

विवाह पूर्व रियाशाले दिइन् ब्याचलर पार्टी

काठमाडौं । मोडल तथा कलाकार रियाशा दाहालले विवाह पूर्व ब्याचलर पार्टी दिएकी छन् । उनले शनिबार केही नजिकका साथीलाई काठमाडौंको बुढानिलकन्ठस्थित पार्क भिलेज रेष्ट्रोमा ब्याचलर पार्टी दिएकी हुन् । आकर्षक सेतो वान पिस पहिरनमा सजिएकी रियाशाले विवाहको दिनको काउटडाउन सुरु भएको भन्दै सामाजिक सञ्जालमार्फत केही तस्वीर सार्वजनिक गरेकी छन् । रियाशाले रुटिन अफ नेपाल बन्दका […]

‘रुटिने’ सँग लगनगाँठो कस्दै रियाशा

काठमाडौं । कमेडी सिरियल तथा युट्यूवमा चर्चित कलाकार रियाशा दाहाल र रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेल (रुटिने) विवाह बन्धनमा बाँधिने भएका छन् । उनीहरू लामो समयदेखि प्रेम सम्बन्धमा थिए । भिक्टर र रियाशाबीच यही २२ वैशाखमा विवाह हुन लागेको निकट स्रोतले जानकारी दिएको छ । उनीहरूले विवाहपछि भक्तपुरको एक पार्टी प्यालेसमा रात्रिभोज आयोजना […]

१ करोड रुपियाँबारे मेयर बालेनको स्पष्टोक्ति

काठमाडौं ।  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले बजेट पुस्तिकामा रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेलको दबाबमा ई–स्पोर्टस सञ्चालन गर्न १ करोड रुपियाँ विनियोजन गरेको विषयले चर्चा पाएको छ । नेपालमा भर्खरै शुरू भएको अनलाइन खेल प्रतियोगिता आयोजना गर्न यतिका धेरै रकम विनियोजन गरेको विषयमा मेयर सचिवालयले कुनै उत्तर दिएको छैन । भिक्टर पौडेल ई–स्पोर्टसअन्तर्गत […]

महानगरबाट ‘एककरोड विनियोजन गरिएको समाचार’को ‘रुटिन अफ नेपाल बन्द’बाट खण्डन

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहलाई निर्वाचनमा अनलाइन र सामाजिक सञ्जालको प्रयोग गरी सघाउने ‘रुटिन अफ नेपाल बन्द’लाई एक करोड बजेट विनियोजन गरिएको भन्दै नेपाली संचारमाध्यमहरुमा प्रकाशित र प्रशारित समाचारको खण्डन गरिएको छ । महानगरले ई–स्पोर्ट्स (मोबाइल गेम) प्रतियोगिता आयोजना गर्न एक करोड रुपैयाँ विनियोजन गरेपछि उक्त प्रतियोगिताका संस्थापक रुटिन अफ नेपाल बन्दका संचालक रहेको भन्दै […]

‘पब्जी’ प्रतियोगीता गराउन रुटिन अफ नेपाल बन्दलाई बालेनले महानगरबाट दिए १ करोड

काठमाडौँ महानगरपालिकाले रुटिन अफ नेपाल बन्दलाई १ करोड रुपैयाँ दिएको छ । महानगरका मेयर बालेन्द्र शाह ‘बालेन’ले निर्वाचनका क्रममा रुटिन अफ नेपाल बन्दले गरेको सहयोगको गुन १ करोड रुपैयाँ दिएर तिरेको अर्थमा यसलाई हेरिएको छ ।  केही दिन अघि मात्रै र्‍यापर यम मुद्धको सालिक बनाउन बजेट विनियोजन गरेर विवादित बनेका बालेनले पुनः रुटिन अफ नेपाल बन्दलाई १ करोड रुपैयाँ दिएको विषय बाहिर आएको हो । रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेललाई फाइदा पुग्ने गरी बालेनले बजेटमा १ करोड रकम विनियोजन गरिदिएका हुन् । पौडेल सञ्चालक रहेको ‘ई–स्पोर्ट’लाई बालेनले १ करोड रकम विनियोजन गरिदिएका हुन् । नेपालमा ‘ई–स्पोर्ट’ सञ्चालन गर्न आधिकारिक कम्पनीको रूपमा पौडेल सहभागी रहेको ‘डिआरएस’ नामक कम्पनी मात्र दर्ता छ । यसले पब्जी, फ्री फायर जस्ता अनलाइन खेलको प्रतियोगीता गराउने बुझिएको छ ।यस विषयमा पौडेलले भने चुनावमा रुटिन अफ नेपाल बन्दले बालेनलाई सहयोग गरेकै कारण बजेट दिईएको भन्ने कुरा गलत भएको उल्लेख गरेका छन् । हिमालयन टेलिभिजनमा पनि यस सम्बन्धि समाचार प्रशारण भएपछि पौडेलले रुटिन अफ नेपाल बन्द र डिआरएस कम्पनीको कुनै सम्बन्ध नरहेको दाबी गरेका छन् । ‘प्रिय हिमालयन टेलिभिजन, म ई–स्पोर्ट टिमको सह–स्थापक हुँ, आयोजक हैन । रुटिन अफ नेपाल बन्द र डिआरएस कम्पनीको कुनै सम्बन्ध छैन । बेइज्जत नै गर्ने भए ‘लजिक’ दिएर गर्नु । आरोप प्रमाणित गर्नुहोस् झुण्डिएर मर्न तयार छु’ उनले लेखेका छन् ।