मनसुन नेपालमा भित्रिएको शुरुवातमै उच्च हिमाली क्षेत्रमा अपत्यारिलो वर्षा भएको छ । पानी कम पर्ने क्षेत्र मानिने मनाङ र मुस्ताङ क्षेत्रमा विगतका तथ्याङ्कहरु भन्दा फरक र अपत्यारिलो वर्षा भएको मौसमविद्हरु बताउनुहुन्छ । जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी विक्रम श्रेष्ठले मनाङ क्षेत्रमा वर्षमा दुईसय मिलिलिटर पानी पर्ने गरेको थियो तर यसै साता दुई दिनमा एकसय ८० मिलिलिटर पानी परेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘यो अपत्यारिलो वर्षा हो, यो हुनुको कारण हामी खोज्दै छाैँ तर यसको एउटा कारण भनेको बंगालको खाडीबाट आएको मनसुनी तातो हावा हिमालमा ठोकिएर उच्चक्षेत्रमा अपत्यारिलो वर्षा भएको हो ।’
गत असार १ गते भारी वर्षा हुँदा बाढीले मनाङमा करोडौंको क्षति पु¥याएको थियो ।