देशभरका विभिन्न स्थानमा वर्षा हुने

काठमाडाैँ- देशभर मनसुनी वायु सक्रिय बनेको छ। मंगलबार बिहान बागमतीको काठमाडौँ, कर्णाली र मधेस प्रदेशका एक-दुई स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। दिउँसो प्रदेश १, मधेस, बागमती, गण्डकी, लुम्बिनीका थोरै र सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। राति प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनी […]

सम्बन्धित सामग्री

बागमती र लुम्बिनीमा आज भारी वर्षा!

काठमाडौं : उपत्यकासहित देशका विभिन्न स्थानमा बिहानैदेखि पानी परिरहेको छ। वागमतीसहति सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशमा पानी परिरहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए। दिउँसो केही समय रोकिने र साँझ फेरि वर्षा हुने अनुमान छ। पौडेलले मनसुनको समय भएकाले बिहान र साँझपख वर्षा हुने र दिउँसो रोकिने क्रम रहने बताए। उनका शनिबार बागमती र लुम्बिनीमा भारी वर्षा हुनुका साथै देशभरका पहाडी भू-भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

आजको मौसम : देशभर वर्षा, भू-क्षय र बाढीको जोखिम

काठमाडौं : काठमाडौं उपत्यकासहित बागमती प्रदेश र प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १ तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशभरका पहाडी भू–भागका धेरै स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।आज राति प्रदेश १,

मौसम :  कतै भारी वर्षा कतै सामान्य

आज दिउँसो देशभर सामान्य बदली रहनेछ ।  देशभरका पहाडी भू–भागका धेरै स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १...

लुम्ले र जुमलेटीमा अतिभारी वर्षा, आकस्मिक बाढीको जोखिम

मनसुनी वायु सक्रिय भएसँगै वर्षा हुने क्रम बढेको छ । आज राति कास्कीको लुम्ले र जुमलेटी क्षेत्रमा अतिभारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार उक्त क्षेत्रमा पछिल्लो ६ घन्टामा अति भारी वर्षामापन भएको छ ।आसपासका साना खोलामा आकस्मिक बाढी आउन सक्ने चेतावनी दिइएको छ भने  कमजोर तथा भिरालो जमीनमा पहिरो जान सक्ने भएकाले बिहान ९ बजे सम्मै उच्च सतर्कता अपनाउन भनिएको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरका पहाडी क्षेत्रका धेरै स्थानमा वर्षाको सम्भावना छ ।

वर्षा नरोकिँदा सडक मर्मतमा समस्या, सडक विभाग भन्छ : दशैँ अगावै काम सक्छौँ

काठमाडौँ– वर्षा नरोकिँदा खाल्डा परेका सडकको मर्मत सुरु हुन सकेको छैन । समयमा मर्मत नहुँदा देशभरका धेरै राष्ट्रिय राजमार्गमा खाल्टाखुल्टी परेका छन् । अझै केही दिनसम्म वर्षा जारी रहने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान छ । त्यसैले तत्काल खाल्डा पुर्ने काम अघि नबढाइएको हो । खाल्डामा पानी हुने र पानी जम्दा त्यसको मर्मत गरे […]

मौसमः अधिकांश क्षेत्रमा आंशिकदेखि सामान्य बदली, केही स्थानमा वर्षा हुने

काठमाडौँ – देशभरका अधिकांश क्षेत्रमा सोमबार आंशिकदेखि सामान्य बदली भई केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको पूर्वी राजस्थान तथा पश्चिम मध्य प्रदेशको आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको आंशिक प्रभाव अहिले नेपालमा छ। यस्तै मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ रहेको मौसमविद्ले बताएका छन् । […]

देशका धेरै ठाउँमा एक सय मिलिमिटर भन्दा धेरै वर्षा, आज रातभरि पनि झरी पर्ने

काठमाण्डाै – देशभरका धेरै ठाउँमा लगातार झरी परेको छ । धेरै ठाउँमा एक सय मिलिमिटर भन्दा धेरै पानी परेको मौसमविद् शान्ति कँडेलले बताउनुभयो । उहाँका अनुसार इलाम, सप्तरी, महोत्तरी, मकवानपुर, चितवन, नवलपरासी लगायत क्षेत्रमा ठूलो पानी परेको छ । नवलपुर, डण्डा, बर्दाघाट र आसपासका क्षेत्रमा पछिल्लो १२ घण्टादेखि वर्षा भइरहेको र थप वर्षा हुने देखिएकोले त्यस क्षेत्रमा बाढी आउन सक्ने चेतावनी दिइएको छ । यस्तै सप्तरी, सिरहा र आसपासका जिल्लामा ठूलो वर्षा भएको छ । यी क्षेत्रमा अझै ठूलो वर्षाको सम्भावना रहेका बाढी...

बंगालको चक्रवात प्रभाव : देशैभर उच्च वर्षा हुने, सतर्कता अपनाउन आग्रह

काठमाडाैं : आज (जेठ १३) देखि जेठ १५ गते शनिबारसम्म देशभरका विभिन्न स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा माैसम विज्ञान विभागको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिम बंगालको खाडीमा विकसित जलवायुको प्रभाव र शक्तिशाली चक्रवात वायुका कारण देशैभर वर्षा हुने महाशाखाले जनाएको छ।  (YAAS) नामक चक्रवात वायु समुद्रबाट जमिततर्फ प्रवेश गरिसकेकाले उक्त चक्रवात उत्तरपश्चिममा सर्ने क्रममा रहेको जनाइएको छ। जसका कारण केही दिन नेपालको माैसममा असर पर्ने भएकाले सतर्क

पछिल्लो २४ घण्टामा ४२ स्थानमा वर्षा

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभरका ४२ स्थानमा बर्षा भएको छ। २०८ वटा वर्षा मापन केन्द्रमध्ये ४२ वटामा वर्षा मापन भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार हुल्लाको सिमिकोट केन्द्रमा सबैभन्दा बढी १२.८ मिलिमिटर बर्षा भएको छ। मापन केन्दको रेकर्डअनुसार ९ वटामा ५ मिलिमिटर र दुई वटामा १० मिलिमिटरभन्दा बढी वर्षा भएका छ।