पेट्रोलियम पदार्थको फेरि मूल्य बढ्यो

पेट्रोलियम पदार्थको फेरि मूल्यवृद्धि भएको छ। नेपाल आयल नियगले मंगलबार डिजेल, पेट्रोल तथा मट्टितेल र हवाई इन्धनमा समान २-२ रुपैयाँ मूल्यवृद्धि गरेको हो।

सम्बन्धित सामग्री

ट्यांकरबाटै पेट्रोलियम पदार्थ तस्करी

वीरगञ्ज – वीरगञ्ज भन्सार नाका भएर पेट्रोलियम पदार्थको ढुवानी गर्ने ट्यांकरबाटै पेट्रोलियम पदार्थ तस्करी हुने गरेको पाइएको छ। भारतबाट पेट्रोलियम पदार्थ लोड गरेर वीरगञ्ज भन्सार नाका हुँदै नेपाल आउने ट्यांकरबाटै तेल तस्करी हुने गरेको छ। वीरगञ्जको आइसिपी भन्सार नाकामा चेकजाँचका क्रममा भारतको बरौनीबाट पेट्रोल लिएर आएको ट्यांकरमा बढी पेट्रोल भएको पाइएपछि पेट्रोलियम पदार्थको तस्करी भन्सार […]

जुम्लामा ग्यास र पेट्रोलियम पदार्थ अभाव

बजारमा अहिले ग्यास र पेट्रोलियम पदार्थ पर्याप्त मात्रमा नहुँदा उपभोक्तालाई पाउन गाह्रो भएको छ। कर्णाली राजमार्ग अवरुद्ध हुँदा पेट्रोलियम पदार्थको समस्या देखिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले बताए।...

ग्यास र पेट्रोलियम पदार्थ अभाव

जुम्ला– अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध हुँदा जुम्लामा ग्यास र पेट्रोलियम पदार्थमा अभाव हुन थालेको छ । बजारमा अहिले ग्यास र पेट्रोलियम पदार्थ पर्याप्त मात्रमा नहुँदा उपभोक्तालाई पाउन गाह्रो भएको छ । कर्णाली राजमार्ग अवरुद्ध हुँदा पेट्रोलियम पदार्थको समस्या देखिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले बताए । बजार अनुगमनका क्रममा जिल्ला सदरमुकाममा पेट्रोलियम पदार्थको […]

बैतडीमा पेट्रोलियम पदार्थको अवैध कारोबार

बैतडीमा एक सयभन्दा बढी व्यापारीहरू नियमविपरीत डिजेल र पेट्रोलको व्यापार गर्दै आएका छन् । उनीहरू धनगढी र डडेलधुराबाट ड्रममा पेट्रोलियम पदार्थ ल्याएर बिक्री गर्दछन् । जिल्लामा एकमात्र आयल स्टोर रहे पनि एक सयभन्दा बढी व्यापारीहरूले अवैध रुपमा पेट्रोलियम पदार्थको कारोबार गर्दै आएका हुन् । जिल्ला सदरमुकाम गोठलापानी, देहिमाण्डौँ, पाटन, खोड्पे, गोकुलेश्वर, सिल्लेगाडालगायतका सबै बजारमा दर्जनौँ व्यापारीले खुला रुपमा पेट्रोलियम पदार्थको बिक्री बितरण गर्छन् । यसरी पेट्रोलियम पदार्थ बिक्री गर्दा दुर्घट

पेट्रोलियम पदार्थको बिक्रीवितरण सहज

काठमाडौँ- केही दिनदेखि पेट्रोलपम्पमा देखिएको चर्को लाइन हटेको छ । नेपाल आयल निगम र पेट्रोलियम व्यवसायीबीचको सहमतिपश्चात् पेट्रोलियम पदार्थको बिक्री वितरण सहज बनेको हो । निगम र आन्दोलनरत राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच शनिबार पेट्रोलियम पदार्थको बिक्रीवितरण सहज बनाउने सहमति भएको थियो । सहमति भएपछि पेट्रोलियम बिक्रेताले निगमको डिपोबाट पेट्रोलियम पदार्थ उठाएका थिए । […]

पेट्रोलियम पदार्थको मूल्यवृद्धि रोक्न निर्देशन

संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले पछिल्ला समय पेट्रोलियम पदार्थको मूल्यवृद्धि रोक्न सरकारलाई निर्देशन दिएको छ ।पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विषयमा भएको छलफलपछि उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले मूल्यवृद्धि तत्काल रोक्न निर्देशन दिएको हो । उपभोक्तालाई मार नपर्ने गरी सर्वसुलभ तरिकाले पेट्रोलियम पदार्थ उपलब्ध गराएर मूल्य वृद्धि नियन्त्रण […]

संसदीय समितिमा पेट्रोलियम पदार्थको मूल्यबारे चर्चा

राज्य निर्देशन सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिका सभापति निरादेवी जैरुले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने सन्दर्भमा ठोस नीति बनाएर जानुपर्ने बताएकी छन् ।बिहीबार नेपाल आयल निगमको वर्तमान अवस्था र पेट्रोलियम पदार्थको मूल्य सम्बन्धमा छलफल गर्न बसेको समितिको बैठकमा उनले पेट्रोलियम पदार्थ कुनै विलासिताका वस्तु नभएर गरिव जनतासँग जोडिएको विषय वस्तु भएकाले ठोस् नीति बनाएर जानुपर्ने बताएकी हुन् ।आयल निगमले १५÷१५ दिनमा मूल्य समायोजन गर्ने भए पनि समितिल

बेलायतमा पेट्रोलियम पदार्थ बाँड्दै सेना

बेलायतमा पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या देखिएपछि यसको जिम्मा सेनालाई दिइएको छ। सरकारले सोमवारदेखि सैनिक अधिकारीले बेलायतभर पेट्रोलियम पदार्थ पुर्‍याउने जानकारी दिएको छ। करिब २ सय सैनिकलाई यो काममा खटाइने बताएको छ। सन् २०२२ को मार्चसम्म ३ सय विदेशी ट्यांकर चालकले पेट्रोलियम पदार्थ आपूर्ति गर्ने जानकारी दिएका छन्। अधिकारीले सामान्य रूपमा पेट्रोलियम पदार्थको कारोबार हुने हो भने कमी नभएको दाबी गरेका छन्। विगतको भन्दा आपूर्तिमा केही सुधार आएको उनीहरूको भनाइ छ। आरएसी मोटरिङ ग्रुपले

भारतद्वारा मध्यपूर्वबाट हुने पेट्रोलियम पदार्थ आयातमा कटौती

काठमाण्डाै – भारतले मध्यपूर्वबाट हुने प्रशोधन नभएको पेट्रोलियम पदार्थको आयातमा ठूलो मात्रामा कटौती गरेको छ । विश्वकै तेस्रो ठूलो पेट्रोलियम पदार्थ आयातकर्ता भारतले आफ्ना उर्जा स्रोतहरुको विविधता खोज्दै आयातमा कटौती गरेको हो । मध्यपूर्व देशहरुबाट भारतमा हुने पेट्रोलियम पदार्थको निर्यात गएको २५ महिना यताकै कम भएको छ । सन् २०१९ अप्रिलमा भारतमा भएको पेट्रोलियम पदार्थ आयातको ६७ दशमलब ९ प्रतिशत मध्यपूर्वका देशबाट भएको थियो । तर गएको महिना कुल आयातको ५२ दशमलव सात प्रतिशतमा झरेको छ । भारतले आफ्नो दोस्रो ठूलो तेल आपूर्ति...

कोभिड खोप नपाएसम्म पेट्रोलियम पदार्थको ढुवानी बन्द

काठमाडौं। पेट्रोलियम पदार्थ चालकले कोभिडविरुद्धको खोप नपाएसम्म पेट्रोलियम पदार्थ ढुवानी नगर्ने बताएका छन्। आज नेपाल पेट्रोलियम चालक संघले आयल निगमलाई पत्र पठाउँदै खोपको व्यवस्था नभएसम्म अतिआवश्यक सेवाभित्र राखिएको पेट्रोलियम पदार्थको ढुवानी रोक्ने चेतावनी दिएको हो।