पहेँलो धातुको कुकृत्य

अवैध किसिमले मूल्यवान वस्तुको व्यापारमा संलग्न हुने प्रक्रियालाई नेपाली शब्दकोशले तस्करी मानेको छ । तस्करी राज्यविरुद्ध गम्भीर अपराध हो । राज्यको ऐन कानुनविरुद्ध निजी स्वार्थसिद्ध गर्ने दुस्कार्य मात्र होइन, तस्करीले राज्यको कानुन, नीति र विधि मानेर औपचारिक व्यापार व्यवसाय गर्ने समग्र प्रक्रियालाई निस्तेज पारिदिन्छ । तस्करीले राज्यको राजस्व सुक्छ भने इमानदार उद्यमीलाई माथि उठ्न दिँदैन । उनीहरूलाई व्यवसायबाटै पलायन हुने अवस्थामा समेत पुग्नु पर्ने बनाउँछ । तस्करीले आन्तरिक अर्थतन्त्रको समग्र सन्तुलन त बिगार्छ नै देशको छविलाई बाह्य संसारमा बदनामसमेत गराउँछ । नेपालमा सुन तस्करीमा अति भएपछि सरकारले जाँचबुझ आयोग बनाएको थियो । आयोगले सरकारलाई बुझाएको प्रतिवेदन कार्यान्वयनको चरणमा प्रवेश गरेसँगै तस्करीमा संलग्नको निद्रा हराएको छ । अब पहेँलो धातुका अपराधी कानुनको कठघरामा आउने निश्चित भएको छ ।

सम्बन्धित सामग्री

पहेँलो धातु देखाएर सुन ठगी गर्ने मोरङका युवक झापाबाट पक्राउ

सुनजस्तो पहेँलो धातु देखाएर सुन ठगी गर्ने एक युवक झापाबाट पक्राउ परेका छन्।

बाह्रबिसेबाट सुनजस्ताे देखिने एक केजी पहेँलो धातु बरामद

मोटरसाइकलमा सवार युवाको खानतलासी गर्दा इलाका प्रहरी कार्यालय बाह्रबिसेले एक केजी सुनजस्तो देखिने पहेँलो पदार्थ फेला पारेको छ। भे ११ प ५५५८नम्बरको सेतो एनएस मोटरसाइकलमा सवार भोटेकोसी वडा नं। ५ मार्मिङ...

पोखरामा फेला परेको पहेँलो धातु ‘सुन नभएको’ प्रमाणित

२५ पुस, पोखरा । पोखरामा सोमबार बिहान फेला परेको सुनजस्तै देखिने ४५ थान पहेँलो धातु परीक्षणका क्रममा सुन नभएको पुष्टि भएको प्रहरीले जनाएको छ । उक्त वस्तु पोखरा १५, टुटुंगाका ढुंगेसाँघु पुल नजिकै सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालयका कर्मचारीले फेला पारेका थिए । शिक्षालयका प्रशिक्षार्थीले मंगलबार बाहिरी अभ्यास गर्ने क्रममा […]

सुनको आशंकामा समातिएको धातु पित्तल रहेको पुष्टि

काठमाडौं, ६ साउन । थाई नागरिकबाट बरामद गरिएको पहेँलो धातु पित्तल रहेको पुष्टि भएको छ । गत राती त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयले थाई नागरिकबाट बरामद गरेको साढे चार किलो पहेँलो धातु परीक्षणका क्रममा सुन नभएको पुष्टि भएको हो । भन्सार कार्यालयले बैककबाट काठमाडौं आएका थाई नागरिकबाट १० थानमा विष्कुट आकारको पहेँलो धातु जफत गरेको […]

रूपन्देही प्रहरीले बरामद गरेको पहेँलो धातु सुन भएको पुष्टि

बुटवलः सशस्त्र प्रहरीले रूपन्देहीबाट बरामद गरेको पहेँलो धातु सुन भएको पुष्टि भएको छ। नेपाल भारत सीमा नाकाबाट बरामद भएको २ थान पहेँलो धातु भैरहवा भन्सार कार्यालयमा जाँच गर्दा सुन ठहर भएको सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म, डण्डाका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए। प्रहरीले शनिबार राति रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका…

झापामा सुन जस्तो देखिने पहेँलो धातु देखाई ठगी

झापामा  सुन जस्तो देखिने पहेँलो धातु देखाई १ लाख ७० हजार रुपैयाँ ठगी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । प्रहरीले ईलाम फाक्फोकथुम गाउँपालिका-७ घर भई हाल झापा बिर्तामोड नगरपालिका-५ बस्ने २६ वर्षीय

सुनको मूल्य प्रतितोला एक लाख दुई हजार पुग्यो

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख दुई हजार रुपैयाँ तोकिएको छ। पहेँलो धातु अघिल्लो दिन प्रतितोला एक लाख एक हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी...

त्रिभुवन विमानस्थलबाट सुनजस्तै देखिने झन्डै २ किलाे पहेँलाे धातु बरामद

काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तै देखिने झन्डै दुई किलो पहेँलो धातु बरामद भएको छ । बरामद भएको तरल अवस्थामा रहेको पहेँलो धातु सुन भएको अनुमान गरिएको र परीक्षणका लागि पठाइएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिनुभयो । आज शुक्रवार बिहान दुबईबाट आएका सिरहाका सरोज सहानी र दाङका सीताराम चौधरीको साथबाट प्रहरीले पहेँलो धातु बरामद गरेको हो । उनीहरूलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

१ केजी पहेँलो धातु सहित ३ जना पक्राउ

काठमाडौं, २१ साउन । १ केजी ८ सय ६६ ग्राम सुन जस्तो देखिने पहेँलो धातु सहित ३ जना पक्राउ परेका छन् । काठमाडौं सिनामंगलस्थित मिर्चैया मल्हनिया गेष्ट हाउसको कोठा नम्बर २०२ बाट १ केजी ८ सय ६६ ग्राम सुन जस्तो देखिने पहेँलो धातु सहित ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा […]

पहेँलो धातु सहित २ जना पक्राउ

कपिलवस्तु, १० बैशाख । सुन जस्तो देखिने पहेँलो धातु सहित २ जना पक्राउ परेका छन् । कपिलवस्तु नगरपालिका–१ शिव मन्दिर टोलबाट १९ ग्राम ३० मिलीग्राम तौल भएको सुन जस्तो देखिने पहेँलो धातु, १ थान पहेँलो रङको सिक्री र १ थान चाँदी जस्तो देखिने डल्लो सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ […]