राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाबाट प्रमाणित भइ प्रमाणीकरणका लागि पेश भएको नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकका फिर्ता गर्दै ती विषयका सवाललाई बुँदागत रुपमा उल्लेख गरेकी छन् ।राष्ट्रपतिले विधेयकबारे संघीय संसदमा पुनः गहन अध्ययन, छलफल, विमर्श र विश्लेषणसहित पुनर्विचार हुन वाञ्छनीय भएकाले विधेयक फिर्ता पठाइएको राष्ट्रपति कार्यालयले जनाएको छ । ‘प्रतिनिधिसभा मार्फत सम्मानित संघीय संसदसमक्ष जानकारी अध्ययन र विमर्शका लागि सन्देश’ शीर्षकमा