डडेल्धुरा : डडेल्धुराको भित्री मधेशमा पर्ने परशुराम नगरपालिका–६ भोरकुण्डाका ५० वर्षीय कलावती खत्री शुक्रबार दिउँसो आफ्नै बारीमा घाँस काट्दै थिइन्। घाँस काट्दा सर्पले उनको खुट्टामा टोक्यो।लगातार वर्षा भइरहेकाले उनलाई तुरुन्तै उपचारका लागि अस्पताल लैजान सकिएन। पानी पर्ने क्रम रोकिएन। उपचार लागि अस्पताल लैजान नसकिने भएपछि उनलाई स्थानीयले नजिकैको धामीकहाँ लगे। धामीले उनलाई झारफुक गरे।स्थानीय भूपेन्द्र धामीका अनुसार वर्षातका कारण सडक बिग्रेकाले जोगबुडासम्म ल्याउन सकिने अवस्था छैन। &ls