काठमाडौँ, १२ वैशाख । हिमाली जिल्ला मनाङको चार पालिकामध्ये तीन पालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन भइरहेका छन् । दुई पालिकामा करिब दुई वर्षदेखि निमित्तको भरमा नै सेवा प्रवाह भइरहेको छ । मनाङको विकट क्षेत्र नार्पाभूमि गाउँपालिका र ङिस्याङ गाउँपालिका लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन छ । करिब दुई वर्षअघि यस पालिकाका प्रमुख प्रशासकीय […]
वालिङ : स्याङ्जाको वालिङस्थित वालिङ नगरपालिका–१४ करादीस्थित सौरीखाल्टा माइस्थान आधारभूत विद्यालय एक शिक्षकको भरमा चलिरहेको छ।तीन कक्षासम्म मात्र पढाइ हुने यो विद्यालयमा धनबहादुर हमाल एक शिक्षक मात्र छन्। विद्यालयमा तीन शिक्षकको दरबन्दी छ। तर एक वर्षयता अरु शिक्षक नआउँदा आफू एक्लैले विद्यालय धान्नुपर्ने बाध्यता रहेको प्रधानाध्यापकसमेत रहेका हमालले बताए। ‘तीन कक्षासम्म पढाइ हुन्छ, शिक्षक दरबन्दी तीन जनाको छ, तर एक वर्षदेखि मैले मात्र पढाउनु परेको छ’, उनले भने
हिमाली जिल्ला ताप्लेजुङको मैवाखोला गाउँपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र चार वर्षदेखि अनमीको भरमा संचालनमा रहेको छ। मैवाखोला गाउँपालिका वडा नं. २ तेम्बेमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टरको दरबन्दी खाली भएपछि...
ताप्लेजुङ – ताप्लेजुङको मैवाखोला गाउँपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र चार वर्षदेखि अनमीको भरमा सञ्चालन भइरहेको छ ।
मैवाखोला २ तेम्बेमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टरको दरबन्दी खाली भएपछि अनमीको भरमा चलेको हो । प्राथमिक केन्द्रमा कार्यरत डा. सर्विन्द्र मण्डल सामयोजनका कारण २०७६ सालमा सरुवा भएपछि चार वर्षदेखि डाक्टरविहीन बनेको मैवाखोला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख फुर्बा शेर्पाले बताउनुभयो । त्यसयता अनमी सुनिता लिम्बुले प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालन गरिरहनु भएको शेर्पाले बताउनुभयो ।
च...
जलेश्वर– सरोकारवाला निकायको बेवास्ताका कारण महोत्तरी जिल्लाको एक विद्यालय विगत ३४ वर्षदेखि एउटै शिक्षकका भरमा सञ्चालन हुँदै आएको रहस्योद्घाटन भएको छ। गरिब, विपन्न र दलित विद्यार्थी मात्रै पढ्ने जिल्लाको मनरासिस्वा नगरपालिका वडा नं ९ मधवा गाउँस्थित हनुमानदत्त विश्वनाथ जनता प्राथमिक विद्यालय सम्बन्धित निकायको उदासिनताका कारण विगत ३४ वर्षदेखि एउटै शिक्षकका भरमा हुँदै आएको हो। यो […]
काठमाडौँ । विगत छ वर्षदेखि टेकोका भरमा अडिएको विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रमा रहेको नेपाल संस्कृत विश्वविद्यालयको सम्पर्क कार्यालय । विसं २०७२ वैशाख १२ को भूकम्पले क्षतिग्रस्त भवन अझै पुनः निर्माणको टुङ्गो नलाग्दा वसन्तपुर दरबार क्षेत्रमा आउने विदेशी पर्यटकमा नकारात्मक सन्देश जान थालेको छ । तस्बिर : पूर्णप्रसाद मिश्र/रासस
उप–सचिव कार्यालय प्रमुख हुने यस कार्यालय २०७५ देखि अहिलेसम्म पद रिक्त छ। कार्यालय प्रमुख भएर उप सचिव गोरखा मालपोत आउनै खोज्दैनन र आएका पनि छिट्टै सरुवा मिलाएर जान्छन्। सबैभन्दा धेरै सेवाग्राहीको चाप हुने मालपात कार्यालय बिगत तीन महिनादेखि सुब्बाको भरमा चल...
जलेश्वर, १ जेठ: शिव पुराणमा उल्लेख भएअनुसार स्वयं रुद्रद्वारा निर्मित महोत्तरीको बाबा जलेश्वरनाथ मन्दिर विगत दुई वर्षदेखि टेकोका भरमा टिकेको छ । जिल्ला सदरमुकाम जलेश्वरमा अवस्थित पौराणिक एवं ऐतिहासिक सो बाबा मन्दिरमा पछिबाट निर्माण गरिएको बाहिरी विशाल मन्दिर बाबाको शिवलिङ्गको ठिक्क माथि भित्रपट्टिबाट झुकेको र कुनै पनि बेला ढल्न सक्ने अवस्थामा पुगेको जलेश्वरनाथ महादेव मन्दिर […]