काठमाण्डाै – सर्वोच्च अदालतले नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले नागरिकता अध्यादेश तत्कालका लागि कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।गएकाे जेठ ८ गते सरकारले प्रतिनिधि सभा विघटन गरेको र अर्को दिन अर्थात् ९ गते नै अध्यादेश जारी गर्नुलाई नियमित र सहज रूपमा लिन नसकिने आदेशमा उल्लेख छ । दुवै संसद् नरहेको अवस्थामा तत्काल केही गर्न परेमा...