लुम्बिनी प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउने

रुपन्देही – लुम्बिनी प्रदेशमा सरकार गठनका लागि गठबन्धन दलहरुले आज दाबी पेस गर्ने भएका छन्। प्रदेश प्रमुखले बहुमतीय सरकार गठनका लागि दिएको समयसीमाभन्दा एक दिनअघि नै दलहरूले दाबी पेस गर्न लागेका हुन्। प्रदेश प्रमुख अमिक शेरचनले पुस २७ गते ४ बजेसम्म सरकार गठनका लागि समय दिएका थिए। प्रदेशको भागवण्डा टुङ्गिएपछि लुम्बिनीमा नेकपा (एमाले)ले मुख्यमन्त्री पाउने […]

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेश सरकारमा जिम्मेवारी हेरफेर

रुपन्देही – लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषदमा आज शुक्रवार दोस्रो पटक कार्यविभाजन गरिएको छ । मुख्यमन्त्री कुलप्रसाद केसीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले आज मन्त्रिपरिषदमा केही मन्त्रीहरूको जिम्मेवारी हेरफेर र कार्यविभाजन तोक्नुभएको हो । प्रदेश प्रमुख शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा ९ अनुसार गएकाे साउन २८ गते गठित  मन्त्रिपरिषदमा हेरफेर र कार्यविभाजन गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी सागर गौतमले आज जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ । मन्त्रिपरिषद्को जिम्मेवारी हेरफ...

लुम्बिनी प्रदेश सभाको बैठक बस्दै

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै छ। आज दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री कुलप्रसाद केसीले सभामा सम्बोधन गर्ने र दलका शीर्ष नेताहरुले शुभकामना दिने कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले बताए।

लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यकर्मी र कर्मचारीलाई जोखिम भत्ता दिने

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यकर्मी तथा अग्रपङ्क्तिमा रहेर काम गरेका कर्मचारीलाई जोखिम भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । आज राजीनामा दिनुअघि मुख्यमन्त्री शङ्कर पोखरेल नेतृत्वको मन्त्रिपरिषद् बैठकले आइसोलेसन अस्पतालको अस्थायी दरबन्दी स्वीकृत गरी कार्यरत जनशक्तिको म्यादसमेत थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता वैजनाथ चौधरीले जानकारी दिए । यसैगरी लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट […]

नयाँ सरकार गठनका लागि लुम्बिनी प्रदेश प्रमुखद्वारा आह्वान

काठमाडौं। लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आव्हान गरेका छन्। आज विज्ञप्ति जारी गर्दै २४ घण्टाभित्र सरकार गठनका लागि उनले दलहरुलाई आह्वान गरेका हुन्। प्रदेश प्रमुखले दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्ने प्रदेश सभा सदस्यलाई दावी पेस गर्न भोलि अपरान्ह ३ बजेसम्मको म्याद दिएका हुन्। मुख्यमन्त्री शंकर पोखरेलले आजै राजीनामा दिएका थिए।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख अमिक शेरचन समक्ष राजीनामा दिएका हुन् । मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको लुम्बिनी प्रदेश सरकार प्रवक्ता वैजनाथ चौधरीले जानकारी दिएका छन् ।मुख्यमन्त्री पोखरेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि आज छलफल हुने कार्यसूची छ । त्यसका लागि प्रदेशसभामा विशेष अधिवेशन बाेलाइएकाे छ । मुख्यमन्त्रीविरूद्धको अविश्वास प्रस्तावमा नेपाली कांग्रेसका १६, माओवादी केन्द्रका १४, जसपाका तीन र राष

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आह्वानविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशनविरुद्ध दायर गरिएको रिटमा आज सुनुवाइ हुँदैछ ।  सो रिटको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासमा तोकिएको छ ।  रिट प्रदेश सांसद लीला गिरीले दर्ता गरेका थिए ।  आजै प्रदेश सभाको विशेष अधिवेशन शुरू हुँदैछ । अधिवेशनमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुनेछ ।

लुम्बिनी प्रदेश सभा बैठक आव्हान, मुख्यमन्त्री पोखरेलको पद धरापमा

काठमाडौं, २१ साउन । लुम्बिनी प्रदेश सभा बैठक २७ साउनमा बस्ने गरी डाकिएको छ । आज प्रदेश प्रमुख अमिक शेरचनले बैठक आव्हान गरेका हुन् । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव अगाडि बढाउने गरी गठबन्धनले प्रदेश सभा बोलाउन निवेदन दिएपछि प्रदेश प्रमुख शेरचनले पछिल्लो निर्णय लिएका हुन् । पोखरेललाई हटाएर माओवादीका कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउन गठबन्धन […]

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आज, के होला मुख्यमन्त्री पोखरेलको सत्ता ?

काठमाडौं : लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आज शुरु हुँदैछ। अविश्वास प्रस्तावमा निर्णय गर्न बोलाइएको बैठक आज दिउँसो १ बजे बस्दै छ। मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेश सभा सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्ताव आजकै बैठकमा पेश हुने छ।  नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता तथा मुख्यमन्त्रीमा प्रस्तावित कुलप्रसाद केसीले प्रस्ताव पेश गर्ने कार्यसूची छ। प्रस्तावमा विभिन्न दलका सांसदले आफ्नो धारणा राख्नेछन्। त्यसपछि मुख्यमन्त्री शंकर पोखरेलले सोमबार जवाफ दिनेछन्।  मुख्य