रुपन्देही – लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषदमा आज शुक्रवार दोस्रो पटक कार्यविभाजन गरिएको छ । मुख्यमन्त्री कुलप्रसाद केसीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले आज मन्त्रिपरिषदमा केही मन्त्रीहरूको जिम्मेवारी हेरफेर र कार्यविभाजन तोक्नुभएको हो ।
प्रदेश प्रमुख शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा ९ अनुसार गएकाे साउन २८ गते गठित मन्त्रिपरिषदमा हेरफेर र कार्यविभाजन गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी सागर गौतमले आज जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।
मन्त्रिपरिषद्को जिम्मेवारी हेरफ...