काठमाण्डाै - नेकपा एमालेका सांसदहरुले प्रहरीको लागि हतियार किन्न सरकारले तयारी गरेको भन्दै विरोध गरेका छन् ।
प्रतिनिधि सभा बैठकमा बोल्दै एमाले सांसद नवराज सिलवालले अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालय छोड्दै गर्दा हतियार किन्न ८४ करोड रकमान्तर गरेको भन्दै विरोध गर्नुभयो ।
‘बिचौलियालाई र राजनीतिक शक्तिलाई पैसा चाहिएपछि हतियारको कुरा उठाइन्छ’ उहाँले भन्नुभयो, ‘बिचौलिया आफैँ फाइल खडा गर्छन् अनि सदर गर्न प्रहरीमा दबाब दिन्छन् ।’ अर्थतन्त्र तहस नहस हुने अवस्थामा आवश्यक नै नपरेको हतिया...