काठमाडौं : प्रतिनिधसभा बैठक भदौ २५ गतेसम्मलाई स्थगित गरिएको छ। नेकपा एमालेका सांसदहरुको अवरोधबिच राजनीति दल सम्बन्धी 'दोस्रो संशोधन' अध्यादेश गृहमन्त्री बालकृष्ण खाँणले पेश गरेका थिए।
आजै बसेको तेस्रो बैठकमा खाँणलाई अध्यादेश पेश गर्न सभामुखले अनुमति दिएपछि एमाले सांसदहरुले प्रतिकार गर्न खोजेका थिए। त्यसक्रममा एमाले सांसद र मर्यादा पालकहरुबिच घम्साघम्सी भएको…