एमाले सांसद भीम आचार्यले संसदमा नेपाल क्रिकेट संघ (क्यान)मा भ्रष्टाचार भएकाले छानबिन गर्नुपर्ने बताएपछि क्यानले त्यसबारे जवाफ दिएको छ । क्यान अध्यक्ष चतुरबहादुर चन्दले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सदनमा कपोकल्पित कुरा उठाएर क्रिकेटमा राजनीति गर्न खोजिएको बताएका छन् ।गत बुधबारको प्रतिनिधिसभा बैठकमा आचार्यले भनेका थिए, ‘यस प्रतियोगितामा अनेकौँ खालका...