समयका पाङ्ग्राले कुटानी पिसानी मिलमा घुमाए झैं फनफनी घुमाएपछि थाहा पाएँ बा दुनियाँदारीको भारी गह्रुंगो हुँदो रैछ है । सानोमा चटक्क मिलेका बाका कपाल आजभोलि हिउँ बोक्न थालेछन् श्वेत इतिहासधारी भए हेर्दाहेर्दै बा त लै लै । छोरो जन्मिएर रात रातभर अनिंदो बस्दै उसले रुँदा मुटु नै कटक्क खाँदा महसुस गरे बा बाउ बन्न गाह्रो […]