घरकी जेठी छोरी, जुन छोरी जन्मेर बाले बा र आमाले आमाको उपाधी पाएका थिए। एक हिसाबले दिदीसँग जोडिएका भावना बा र आमाका उस्ता उस्तै हुँदा हुन्। जसरी आमाको मन निचोरीयो, उसैगरी बाको मन भक्कानिएको होला। र पनि आमाका आँसु सबैका लागि स्वभाविक थिएँ, बाका आँसु असामान्य।