नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले निजी क्षेत्रको लगानी आकर्षित गर्ने नीति बनाउनु पर्ने बताएका छन् । ‘हामी निजी क्षेत्रको नेतृत्व र लगानी जुटाउन तयार छौं,’ ढकालले भने, ‘त्यसका लागि तीनै तहका सरकारले परम्परागत नीति परिवर्तन गर्ने आँट गर्नुपर्छ ।’