सरकारले विदेशी लगानी आकर्षित गर्न उद्योग बाणिज्य र कम्पनी प्रशासनमा स्वचालित रुट प्रणाली अवलम्बन गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संसदमा सरकारको नीति तथा कार्यक्रम पेश गर्दै विदेशी लगानी भित्र्याउन स्वचालित रुट प्रणाली अवलम्बन गर्न सुरु गर्ने बताएकी हुन् । त्यस्तै सरकारले उद्योग प्रशासन सरल र लगानीमैत्री बनाउने पनि पनि जनाएको छ ।