श्रीलंकाका राष्ट्रपतिको आह्वान- प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न सेवा क्षेत्र उदारीकरण गरौं

२० कात्तिक, कोलम्बो ।श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) आकर्षित गर्न देशको सेवा क्षेत्रलाई क्रमशः उदारीकरण गर्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रपतिको सञ्चार विभाग (पीएमडी) ले आइतबार जारी गरेको विज्ञप्तिमा उक्त कुरा जनाइएको छ । राष्ट्रपति सिङ्घेले विश्वको अहिलेसम्मकै सबैभन्दा ठूलो स्वतन्त्र व्यापार सम्झौता ‘रिजनल कम्प्रिहेन्सिभ इकोनोमिक पार्टनरसिप’मा सदस्यता प्राप्त गर्न कदम चाल्नुपर्ने […]