काठमाडौं : आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा जारी त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ।स्कटल्याण्डको न्यु काम्बसडनमा सोमबार भएको खेलमा नेपाललाई नामिबियाले ४० रनले हराएको हो। नामिबियाले दिएको २ सय २१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपाल ४६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ८० रनमा समेटियो।आरिफ शेखले अविजित रहदै ५० रनको अर्धशतकीय इनिङ खेलेपनि नेपाल पराजित भयो। यस्तै देव खनालले ३४ रन जोड्दा कुसल भुर्तेलले २७ रन जोडे । करण केसी १९, आसिफ शेख