काठमाडौं : क्यानडाविरुद्धको दोस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा नेपाल पराजित भएको छ। गएराति भएको खेलमा नेपाल घरेलु टोली क्यानडासँग ८३ रनले पराजित भएको हो। क्यानडाले दिएको १ सय ८९ रनको लक्ष्य पछ्याएको नेपाल ३९ ओभर २ बलमा अलआउट हुँदै १ सय ५ रनमा समेटियो।नेपालका लागि देव खनालले सर्वाधिक २६ रन जोड्दा पवन सर्राफले १४ रन जोडे। विनोद भण्डारी, बसिर अहमद र आदिल आलम समान १३ रनमा आउट भए।कप्तान सन्दीप लामिछाने ११, रोहित पौडेल ६, कुशल भुर्तेल १ रनमा आउट हुँदा करण केसी ५ रनमा अविजित रहे।क्यानड