काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनलाई लक्षित गर्दै सञ्चारमाध्यम र सामाजिक सञ्जालमा संप्रेषित सामग्री अनुगमन गर्न बनाएको संयन्त्रप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । आयोगले निर्माण गरेको नेपाली सेना, नेपाल प्रहरीको साइबर ब्यूरोसहितको संयन्त्रप्रति महासंघले आपत्ति जनाएको हो । निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ताको नेतृत्वमा सेना, प्रहरीसहित विज्ञापन बोर्ड, प्रेस काउन्सिल […]