काठमाडौं। विश्वका विभिन्न द्वन्द्वग्रस्त राष्ट्रमा संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ सबैभन्दा बढी सेना/प्रहरी पठाउने पाँच राष्ट्रमा क्रमशः बंगलादेश, नेपाल, भारत, इथियोपिया र रुवान्डा रहेका छन्। राष्ट्र संघका अनुसार हाल शान्ति मिसनमा बंगलादेशबाट ६ हजार ५५४, नेपालबाट ५ हजार ५७१, भारतबाट ५ हजार ५२५, इथियोपियाबाट ५ हजार ४८८ र रुवान्डाबाट ५ हजार ३३१ जना सेना/प्रहरी रहेका छन्।