काठमाडौं : नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले लोकतन्त्रमा पुस्ताको महत्व नहुने बताएका छन्। शुक्रबार बसेको केन्द्रीय समितिको बैठकमा बोल्दै नेता खड्काले नेतृत्व परिवर्तनका नाममा पुस्तान्तरण स्वीकार्य नहुने बताएका हुन्। ‘बहुदलीय लोकतान्त्रिक व्यवस्थामा पुस्ता भन्ने हुँदैन। पुस्ता भन्ने कुरा भेग र मनगढन्ते मात्रै हो। पुस्ता होइन, उमेरहद, निर्वाचित, र डेलिभर दिन सक्नेलाई ध्यान दिनुपर्छ। पुस्ताका कुराले हाम्रो बहस र राजनीतिलाई अन्तै मोड्छ। पुस्ताको कुरा उठाउनुहुँदैन,’ उनले