बदलिएको चैते दशैँ, बिर्सिंदै पछिल्लो पुस्ता

काठमाडौं : चैते दशैँ मनाउने तरिका र यसको रौनकमा कमी आएको धेरैले महसुस गरेका छन्। अचेल कतिलाई चैते दशैंको हेक्का नै छैन। क्यालेन्डर हेक्का नराख्ने हो भने चैते दशैँको ज्ञात कमैलाई हुने गरेको छ।ललितपुर गोदावरीका २७ वर्षीय सौरभ शर्मालाई चैते दशैँबारे ज्ञान नभएको सुनाउँछन्। 'यो दशैं चैतमा पर्छ भन्ने थाहा छ, तर यसको महत्त्व ,विधिविधानबारे मेरो ज्ञान छैन', उनी सुनाउँछन्, ' खासै तामझाम पनि केही हुँदैन, यो चाडबारे त्यत्ति रुची भएजस्तो लाग्दैन।' चैते दशैँ मनाउने तरिकामा पनि परिवर