जति सुत्दा पनि निन्द्रा नपुगेजस्तो हुन्छ वा रात्रिमा निन्द्रा पर्दैन, खानपिन, शारीरिक अभ्यास, उपचार आदि गरे पनि शरीरको तौल परिवर्तन भएको छैन, बिनाकारण अचानक धेरै तौल घटेको वा बढेको छ, ज्यादै न्यून कोलेस्ट्रोल छ वा परिवारमा कसैलाई गलगाँड, अस्वाभाविक मोटोपन वा निको नहुने घाँटीको रोग छ भने तपाईंलाई थाइराइडको समस्या हुनसक्छ ।