काठमाडौं : प्रतिनिधिसभाको निर्वाचन मंसिर ४ गते हुँदैछ। प्रत्यक्ष तर्फको एक सय ६५ वटा निर्वाचन क्षेत्रमा २ हजार ४१२ जना उम्मेदवार चुनावी मैदानमा छन्। जसमध्ये २१ सय ८७ जना पुरुष र दुई सय २५ जना महिला छन्।प्रतिनिधिसभामा सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेको काठमाडौंमा ‘हेभिवेट’ उम्मेदवारहरूको नाम चर्चामा छ। काठमाडौंमा सत्ता गठबन्धन विरुद्ध नेकपा एमाले एक्लै चुनावी मैदानमा होमिएको छ।यसपटक काठमाडौंको निर्वाचन २०७४ सालको निर्वाचनभन्दा केही भिन्न हुने भएको छ। स्थानीय तहको निर्वाचनमा