काठमाण्डाै – शेयर बजार आज बुधवार पनि दोहोरो अङ्कले घटेको छ । पछिल्लो दुई दिन लगातार उच्च अङ्कले घटेको नेप्से आज २३ दशमलव ३२ अङ्कले घटेर दुई हजार चार सय २८ दशमलव ७५ विन्दुमा झरेको छ ।
आज व्यापार, जीवन बीमा र अन्य समूहबाहेक अरू सबै समूहको शेयर घटेको छ । दुई सय २६ वटा कम्पनीका ४३ लाख ७२ हजार कित्ता शेयर एक अर्ब ९९ करोड २९ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको नौ करोड ४१ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
आज सबैभन्दा धेरै इमर्जिङ नेपालको शेयर १० प्रतिशतले घटेको छ । यस्तै...