शेयर बजारको ओरालो यात्रा रोकिएन, २४ सय ५० विन्दु भन्दा तल

काठमाण्डाै – लगातार घटिरहेको शेयर बजार आज बिहीवार पनि ओरालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव ८४ अङ्कले घटेर दुई हजार चार सय ४९ दशमलव ९७ विन्दुमा झरेको छ ।  आज होटल, म्युचल फन्ड र अन्य समूहको शेयर सामान्य बढे पनि अरू समूहको शेयर ओरालो लागेको छ ।  आज दुई सय ३१ कम्पनीका ६२ लाख २३ लाख कित्ता शेयर दुई अर्ब ६७ करोड रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको आठ करोड ८५ लाख रुपैयाँको शेयर किनबेच भयो ।  आज सामुदायिक लघुवित्त र श्री इन्भेस्टमेन्ट फाइनान्सक...