शेयर बजारमा ओरालो यात्रा जारी, ३७ अंकले गिरावट

काठमाडौं । शेयर बजार ओरालो लाग्ने क्रम आइतबार पनि थामिएन । उतार चढावकाबीच बजार परिसूचक नेप्से ३७ अंकले घटेर १९ सय ३४ मा आएर थामिएको हो । आइतबार नेप्सेमा २ सय २३ कम्पनीका ३६ लाख ६६ हजार कित्ता शेयर १ अर्ब १३ करोड रुपैयाँ बराबरमा कारोबार भएको छ । आइतबार कारोबारमा आएका सबै समूह राताम्मे […]

सम्बन्धित सामग्री

नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा गएको चर्चासँगै शेयर बजारमा ठूलो गिरावट

चैत २२, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार पनि नेप्सेको ओरालो यात्रा कायममै रहेको छ । मंगलवार नेप्से परिसूचक ४६ दशमलव ४६ अंक घटेर २ हजार ४५२ दशलमव ०६ बिन्दुमा झरेको छ ।  यस अवधिमा कारोबारमा आएका २२८ धितोपत्रको ५८ लाख ४१ हजार ९९८ कित्ता शेयरको ४५ हजार ८९४ पटकमा रू. २ अर्ब ६७ करोड १२ लाख ३२ हजार ३८८ बराबरको शेयर खरीदविक्री भएको छ । मंगलवार प्रि-ओपन सेसनमा ९ अंक बढेको बजार अन्तिममा भने ठूलो अंकले झरेको छ । पछिल्लो समय ब्याजदर वृद्धिलगायत वित्तीय क्षेत्रमा तरलता अभावले गर्दा शेयर बजार प्रभावित बनेको छ । यसोत टेक्निकल्ली सपोर्ट २  हजार ५०० विन्दुबाट तल झरेसँगै लगानीकर्ता पेनिक भएका छन् ।  नेपालकै अर्थतन्त्र धरासयी बन्दै गएको भन्दै विज्ञहरुले बहस गरिरहँदा शेयर बजारका लगानीकर्ता पनि त्रासित बनेको देखिन्छ । मंगलवार बजार शुरुमा केहि सम्हालिन खोजेपनि विक्रेता हावी भएका छन् । यसोत बजार घटेर तल्लो बिन्दुमा आउँदा सस्तो मूल्यमा शेयर खरीद गर्ने पनि आकर्षित भएका थिए । सोही कारण अघिल्लो तीन दिन भन्दा कारोबार रकम बढेको छ । मंगलवार कारोबारमा आएका २२८ धितोपत्रमध्ये दुई धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।  नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था र राष्ट्रउत्थान लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । नेष्डो समृद्ध लघुवित्तको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ४०५ र राष्ट्र उत्थान लघुवित्तको शेयर मूल्य रू. १ हजार ७५६ दशलमव १० पुगेको छ । त्यसैगरी इमर्जिङ नेपालको शेयर मूल्यमा भने नेगेटिभ सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत घटेर प्रतिकित्ता रू. १ हजार ३२३ मा झरेको हो ।  त्यसैगरी यो दिन सर्वाधिक शेयर खरीदविक्री हिमालयन डिष्टीलरीको रू. ९ करोड ६७ लाख बराबरको भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३ हजार ६८२ कायम भएको छ । त्यसैगरी सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा नबिल बैंक रहेको छ । उक्त कम्पनीको रू. ८ करोड ५९ लाख बराबरको शेयर खरीदविक्री भएको छ । त्यसैगरी कारोबारमा आएका १३ ओटा समूहगत परिसूचकमध्ये होटल एण्ड टुरिजम समूहको परिसूचक शून्य दशलमव ५ प्रतिशत बढेको छ भने बाँकी सबै समूहको समूहगत परिसूचक घटेसँगै समग्र नेप्से परिसूचक घटेको छ। समूहगत परिसूचक घट्नेमा बैंकिङ समूहको परिसूचक १ दशलमव १५ प्रतिशत, व्यापार समूहको १ दशमलव ८६ प्रतिशत,विकास बैंक समूहको १ दशलमव ९५ प्रतिशत,हाइड्रोपावर समूहको २ दशलमव शून्य ७ प्रतिशतले घटेको छ ।  यसैगरी वित्त समूहको २ दशलमव ७२ प्रतिशत,निर्जीवन बीमा समूहको २ दशलमव ९२ प्रतिशत,उत्पादन तथा प्रशोधन समूहको शून्य दशलमव ७३ प्रतिशत,अन्य समूहको ३ दशलमव ६६ प्रतिशत,लघुवित्त समूहको १ दशमलव ३९ प्रतिशत,जीवन बीमा समूहको ३ दशलमव १ प्रतिशत,म्युचुअल फण्ड समूहको १ दशलमव ८ प्रतिश तर लगानी समूहको परिसूचक १ दशमलव ८ प्रतिशशतका दरले घटेको छ ।

शेयर बजारमा ओरालो यात्रा जारी

काठमाडौं, माघ २७ । साताको अन्तिम दिन पनि शेयर बजार ओरालो लाग्यो । उतार चढावबीच बजार परिसूचक नेप्से १२ अंक बरारबले झरेर २८ सय १ मा आएर थामियो । कारोबार पनि ४ अर्ब तलै सीमित भयो । व्यापार र अन्य दोहोरो अंकले सकारात्मक रहे बाहेक अरु सबै समूमा दोहोरै अंकको गिरावट आयो । यस दिन […]