काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्मचारीहरूलाई पूरा बाहुला भएका पोसाक लगाउन आग्रह गरेको छ । लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगको प्रकोप बढेको भन्दै मन्त्रालयले त्यसबाट जोगिन पूरा बाहुला भएको पोसाक लगाउन आग्रह गरेको हो । मन्त्रालयले आज जारी गरेको सूचनामा लेखिएको छ, ‘डेंगु रोगको सङ्क्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्तर सफा राख्नुहुन र […]