काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सम्पूर्ण कर्मचारीलाई कार्यालयमा पूरा बाहुला भएको लुगा लगाउन आग्रह गरेको छ । डेङ्गी रोगको जोखिम कम गर्नका लागि मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले आज एक सूचना निकालेर सार्वजनिक, सामुदायिक र निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कर्मचारीलाई कार्यालय आउँदा पूरा बाहुला भएको लुगा लगाउन अनुरोध गर्नुभएको हो ।
मन्त्रालयले एडिज जातको लामखुट्टे प्रायः दिनको समयमा, विशेषगरी बिहान र बेलुकाको समयमा सक्रिय हुँदा यो जातको लामखुट्टेको टोकाइबाट डेङ्गी रोग लाग्ने हुनाले ल...