अमेरिकामा घरजग्गाको कारोबार घट्यो

अमेरिकामा घर जग्गाको कारोबार घटेको छ । अघिल्लो महिना मार्चको एक तथ्याङ्क अनुसार अमेरिकामा २ दशमलव ४ प्रतिशतले घरजग्गाको कारोबार घटेको हो । अमेरिकाको नेशनल एसोसिएसन अफ रियाल्टर्स (एनएआर) का अनुसार घर बिक्रीको वार्षिक दर ४४ लाख ४० हजारमा झरेको हो । अमेरिकी अर्थव्यवस्था चलायमान बनाउने एक महत्त्वपूर्ण क्षेत्र रियल स्टेट बजारको कारोबार घटेको विषयलाई चिन्ताको रूपमा लिइएको छ । रियल स्टेट बजारले गएको वर्ष व्यापक आर्थिक सङ्घर्ष गर्नुपरेको थियो । कोभिड–१९ पछि देखिएको खराब अर्थतन्त्र र क्रयशक्तिमा आएको कमीका कारण घरजग्गाको क...

सम्बन्धित सामग्री

कात्तिकमा घट्यो घरजग्गाको कारोबार

देशभर कात्तिक महिनामा घरजग्गा कारोबार घटेको छ । भूमि व्यवस्थापन तथा अभिलेखालय विभागको तथ्याङ्क अनुसार असोजको तुलनामा कात्तिक महिनामा घरजग्गा कारोबार घटेको छ ।

एक वर्षमा ३८ प्रतिशतले घट्यो घरजग्गा कारोबार

३ साउन, काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा घरजग्गा कारोबारमा ठूलो गिरावट आएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार घरजग्गा कारोबारमा आएको शिथिलताका कारण करिब ३८ प्रतिशतले जग्गाको किनबेच घटेको छ । आर्थिक वर्ष २०७८/७९ मा करिब ७ लाख ४५ हजार लिखत पास भएर घरजग्गाको कारोबार भएकोमा गत वर्ष यस्तो संख्या करिब […]

फेरि घट्यो घरजग्गाको कारोबार, वैशाखमा २ अर्ब रुपैयाँ पनि उठेन रजिष्ट्रेशन शुल्क

काठमाडौं । वैशाखमा फेरि घरजग्गा कारोबार ओरालो लागेको छ । विगत लामो समयदेखि सुस्ताएको कारोबारमा चैतमा भने केही सुधार देखिएको थियो । तर, वैशाखमा फेरि पुरानै अवस्थामा फर्किएको छ । २०७९ वैशाखमा २ अर्ब ५१ करोड रुपैयाँ रजिष्ट्रेशन शुल्क संकलन भएकोमा २०८० वैशाखमा १ अर्ब ९८ करोड रुपैयाँ मात्र रजिष्ट्रेशन शुल्क संकलन भएको छ । पछिल्लो ३ महीनाको तथ्याङ्क हेर्दा पनि गत महीना चैतमा रजिष्ट्रेशन शुल्कबापत २ अर्ब ४० करोड रुपैयाँ राजस्व संकलन भएकोमा फागुनमा १ अर्ब ९२ करोड र माघमा १ अर्ब ९६ करोड रुपैयाँ रजिष्ट्रेशन शुल्क संकलन भएको थियो । कारोबार संख्यामा पनि गिरावट  वैशाखमा ४२ हजार ४६१ घरजग्गा किनबेच भएका छन् । अघिल्लो वर्ष वैशाखमा भने ४४ हजार ८०३ घरजग्गा किनबेच भएका थिए । पछिल्लो ३ महीनाको तथ्याङ्क हेर्दा चैतमा ४९ हजार १५०, फागुनमा ४० हजार ७३४ र माघमा ४१ हजार ८६ घरजग्गा किनबेच भएका थिए । पछिल्लो ४ महीनाको तथ्याङ्क हेर्दा चैतबाहेक अन्य कुनै पनि महीनामा गत उत्साहजनक घरजग्गा किनबेच हुन सकेनन् । चैतमा भएको कारोबार पनि गत वर्षको सोही अवधिको भन्दा निकै कम हो । २०७८ चैतमा ७० हजार घरजग्गा किनबेच भएका थिए । अहिलेसम्मकै सर्वाधिक मासिक घरजग्गा किनबेच भने गत वर्ष फागुनमा ७४ हजारसम्म भएका थिए । मंसिर र पुसमा समान ७०/७० हजार र  माघमा ६० हजार घरजग्गा किनबेच भएका थिए । त्यसपछि भने घरजग्गा कारोबार मन्दीमा गएपछि कारोबार निकै खस्किँदै गएको थियो । कुन कुन कार्यालयले गरे सर्वाधिक किनबेच ? यो वर्ष वैशाखमा सर्वाधिक घरजग्गा किनबेच गर्ने मालपोत कार्यालयले १ हजार ६५६ ओटासम्म घरजग्गा किनबेच गरेका छन् । मालपोत कार्यालय इनरुवा सुनसरी र बेलबारी मोरङले समान १ हजार ६०० भन्दा बढी घरजग्गा किनबेच गराएका हुन् । मालपोत कार्यालय  जनकपुर (धनुषा) १ हजार ५२१, नेपालगञ्ज (बाँके) १ हजार ५०२, दमक (झापा) १ हजार २००, भद्रपुर (झापा) १ हजार १००, राजविराज (सप्तरी) १ हजार ११०,जलेश्वर (महोत्तरी) १ हजार २४, कलैया (बारा) १ हजार १८, पर्सा १ हजार ४५, कपिलवस्तु १ हजार १०५ र धनगढी (कैलाली) १ हजार १०१ कारोबार भएका छन् । काठमाडौंमा भने कुनै पनि कार्यालयले हजारभन्दा धेरै घरजग्गा किनबेच गराउन सकेनन् ।  सबैभन्दा धेरै घरजग्गा किनबेच गराउने लगनखेल मालपोतबाट ८८१ र भक्तपुरबाट ८६६ घरजग्गा किनबेच भएका छन् । यस्तै, कलंकीबाट ५८० र चाबहिलबाट ३९४ र शाँखुबाट ३८३ घरजग्गा किनबेच भए ।  यी कार्यालहरूमध्ये सबैभन्दा धेरै रजिष्ट्रेशन शुल्क पनि लगनखेल मालपोत कार्यालयबाटै संकलन भएको छ । लगनखेलबाट १६ करोड १४ लाख रुपैयाँ रजिष्ट्रेशन शुल्क आउँदा चाबहिल मालपोतबाट करीब १४ करोड, कलंकीबाट १२ करोड ५८ लाख, डिल्लीबजारबाट १२ करोड ४३ लाख र भक्तपुरबाट १० करोड २५ लाख रुपैयाँ रजिष्ट्रेशन शुल्क संकलन भएको छ । काठमाडौंपछि पोखरा र चितवनबाट ७/७ करोड रुपैयाँ रजिष्ट्रेशन शुल्क संकलन हुँदा इटहरी र धनगढीबाट ५/५ करोड रुपैयाँ रजिष्ट्रेशन शुल्क संकलन भएको छ । अन्य कार्यालयबाट त्यो बराबर रजिष्ट्रेशन शुल्क आउन सकेन । घरजग्गा कारोबारमा संकुचन आउँदा सरकारले पाउने राजस्वमा निकै ठूलो कमी देखिएको छ । वैशाखमा सबैखाले राजस्व गरेर ३ अर्ब ६८ करोड रुपैयाँ मात्र संकलन भएको छ । योमध्ये १ अर्ब ७ करोड रुपैयाँ पुँजीगत लाभकर छ । विगतमा भने सबै शीर्षकको राजस्व गरेर मासिक ८ देखि १० करोड रुपैयाँसम्म संकलन हुँदै आएको थियो ।

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

आज वैशाख ९, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार अप्रिल २२, २०२३ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् । घट्यो अमेरिकामा घरजग्गाको कारोबार अमेरिकामा घर जग्गाको कारोबार घटेको छ। एक तथ्यांक अनुसार अमेरिकामा २.४ प्रतिशतले घरजग्गाको कारोबार घटेको हो। अमेरिकाको नेशनल एशोसिएसन अफ रियाल्टर्स (एनएआर) का अनुसार घर बिक्रीको वार्षिक […]

घरजग्गाको कारोबार ओरोलो लाग्दा राजस्व संकलन घट्यो

१५ मंसिर, काठमाडौं । घरजग्गा कारोबारमा कमी आउँदा राजस्व संकलनन प्रभावित भएको छ । बैंक तथा वित्तीय संस्थामा तरलता अभाव बढ्दै जाँदा घरजग्गामा लगानी कम भएकाले कारोबार घटेको हो । जसकारण यसबाट संकलनन हुने राजस्व पनि घटेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार २०७८ साल कात्तिकमा देशभरका मालपोत कार्यालयबाट रु पाँच अर्ब ४९ […]

चुनावअघि ५२ प्रतिशतले घट्यो घरजग्गा कारोबार

१ मंसिर, काठमाडौं । विगतमा चुनावका बेला घरजग्गाको कारोबार निकै बढ्थ्यो । तर, यो पटक ४ मंसिरको आमचुनावअघिको कात्तिक महिनामा भने कारोबार झण्डै आधा कम भयो । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चालु आर्थिक वर्ष …

असोजमा झनै घट्यो घरजग्गाको कारोबार

३ कात्तिक, काठमाडौं । असोज महिनामा घरजग्गाको कारोबारमा थप सुस्ताएको छ । तरलता अभाव उच्च भएको र भू-उपयोगको नीतिअनुसार वर्गीकरण भएका जग्गा मात्रै किनबेच र कित्ताकाट हुने नीति कार्यान्वनमा रहेको अवस्थामा चालु आर्थिक वर्ष २०७९/८० लागेदेखि नै घरजग्गाको कारोबार ओरालोतिर छ । असोज महिनामा गत २०७८को असोजमा  तुलनामा जग्गाको कारोबार करिब ५६.४५ प्रतिशतले घटेको छ […]

चुनावको मुखमा घट्यो घरजग्गा कारोबार, तरलता अभावको प्रभाव कति ?

४ वैशाख, काठमाडौं । स्थानीय तहको चुनावको मुखमा घरजग्गा कारोबार केही सुस्ताएको छ । गत फागुन महिनाको तुलनामा चैतमा कारोबार र यसबाट उठ्ने राजस्व दुवै सुस्ताएको हो ।  चैत २०७७ सँग तुलना गर्ने हो भने पनि चैत २०७८ मा जग्गाको कारोबार घटेको देखिन्छ । बैंकहरुमा लगानीयोग्य पूँजीको अभाव भएकाले यो वर्ष घरजग्गाको कारोबार तीव्र दरमा […]

घरजग्गाको कारोबार घट्यो - Karobar National Economic Daily

म्याग्दीः म्याग्दीमा घरजग्गाको कारोबार घटेको छ । बैंकले घरजग्गाको लगानीमा कडाइ गरेपछि कारोबार प्रभावित भएको हो । घरजग्गाको कारोबारसँगै मालपोत कार्यालयले संकलन गर्ने राजस्वसमेत घटेको छ । जिल्ला मालपोत कार्यालय…