काठमाडौं : सरकारले अब घरजग्गाको कारोबार गर्न लाइसेन्स अनिवार्य गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षदेखि घरजग्गाको कारोबार गर्न लाइसेन्स अनिवार्य गरेको बताएका हुन्।
आधिकारिक व्यक्ती र कम्पनीमार्फत मात्रै घरजग्गाको कारोबार गर्न पाउने व्यवस्था आगामी वर्ष महानगर र उपमहानगरमा लागू हुने समेत बताए।