नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी दिने तयारीमा जुटेको बताएका छन् । रातोपाटीसँगको कुराकानीमा निधिले पूर्ण टीम बनाएर उम्मेदवारी दिने कि पदाधिकारीमा मात्र उम्मेदवारी दिने भन्ने विषयमा छलफल भइरहेको बताए ।उनले भने, 'मैले महामन्त्रीको उम्मेदवारका लागि साथीहरुसँग छलफल गरिरहेको छु । पुरै टीम दिने कि खाली पदाधिकारीमा मात्र उम्मेदवारी दिने भन्ने विषयमा छलफल भइरहेको छ । सम्पर्क कार्यालयमा साथीहरुसँग छलफल भइरहेको छ ।' दिउँसो तीन बजे आफूले उम्मेदवारी दर्ता गर्